साउन ९, काठमाडौं । सिंगापुरमा जारी आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले नेपालले चौथो जित भएको छ ।
आज भएको पाँचौ खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा भेटायो । प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गरेको यो दोस्रो पटक हो । यस अघिको खेलमा पनि नेपालले ५ विकेटले नै पराजित गरेको थियो ।
बालेस्टीर रोडस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । नेपालका लागि रोहित कुमार पौडेलले सर्बाधिक ३४ रहन हानेका थिए । नेपाललाई पाँच विकेटले विजयी बनाउन कप्तान सन्दिप लामिछाने एक्लैले ७ विकेट लिएका थिए ।
नेपालले छैटौं तथा अन्तिम खेल मंगलबार अफगानिस्तानसँग खेल्न बाँकी छ ।









