भदौ १४, सिड्नी- नेपालीको महान चाड बिजय दशमी र दिपावलीको अबशर पारेर ग्रान्डभिल्ले नेपलिज कम्युनिटी क्लब (GNCC) ले दसैँ तिहार साँझ -२०१४ को आयोजना गर्ने भएको छ । कार्ल्टन स्ट्रिट १० स्थित ग्रान्डभिल्ले टाउन हलमा आयोजना हुने दसैं तिहार साँझ आगामी सेप्टेम्बर २० तारिकका दिन सम्पन्न हुने छ ।
ग्रान्डभिल्ले नेपलिज कम्युनिटी क्लबका महासचिब राम रुवालीले एक निमन्त्रणा मार्फत कम्युनिटीका सबै नेतृत्व तथा सदस्यहरुलाई सो कार्यक्रममा उपस्थित हुन् आग्रह गर्नु भएको छ








