बैशाख १५ । इङ्लिस प्रिमियर लिग ‘लिडर’ चेल्सीले सात अंकको अग्रता कायम गरेको छ । लिगअन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथ ह्याम्प्टनलाई ४–२ ले हराएको हो ।
चेल्सीको जीतमा डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले एक–एक गोल गरे । साउथ ह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्र्रेन्डले एक–एक गोल गरे ।
जितपछि चेल्सीको ३३ खेलबाट ७८ अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्यामभन्दा सात अंकले अघि छ । तर, टोटनह्यामले एक खेल कम खेलेको छ ।
पराजित भएको साउथ ह्याम्प्टन ३२ खेलबाट ४० अंकसहित नवौं स्थानमा छ ।एजेन्सी ।








