किङ्ग्स इलाभेन पञ्जाबको विजय सुरुवात

काठमाडौं ।  किङ्ग्स इलाभेन पञ्जाबले दशौं सस्करणको  इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा विजय सुरुवात गरेको छ । शनिबार बेलुका भएको खेलमा राइजिङ पुने सुपरजाइन्टसलाई ६ विकेटले पराजित गर्दै पञ्जाबले विजय सुरुवात गरेको हो ।

होल्कर क्रिकेट स्टेडियममा पुनले दिएको १६४ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा ग्लेन म्याक्सवेलले अविजित ४४ रनको योगदान गरे  । त्यस्तै डेभिड मिलरले अविजित ३० रन बनाएको पन्जाबको पारीमा हसिम अमलाले २८ तथा अक्षर पटेलले २४ रन जोडे । पुनेका इमरान ताहिरले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । पुनेका लागि बेन स्कोटले ५० तथा मनोज तिवारीले अविजित ४० रनको योगदान दिए । त्यस्तै पुनेका कप्तान स्टिभ स्मिथ २६, ओपनर अजिन्क्या रहानेले १९ रन जोड्दा महेन्द्र सिहं धोनी मात्र ५ रनमा आउट भए । पन्जाबका सन्दिप शर्माले दुई विकेट लिए ।

सम्बन्धित शिर्षकहरु