गोरखामा जिप दुर्घटना: १ को मृत्यु, १३ घाइते

असनेपाल न्युज सम्बाददाता/

साउन २२, काठमाडौँ – गोरखामा जीप दर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने१३ जना घाइते भएका छन् । गोर्खाको सिर्दिखोलास्थित लामागाउँमा बुधबार उक्त दुर्घटना भएको हो ।

जिल्लाको बाह्रकिलोबाट छेवेटार जाँदै गरेको ग १ च ९२६२ नम्बरको निजी महेन्द्रा जीप सडकबाट करीब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परि घाइते हुनेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ। तीन जना गम्भीर घाइते भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गम्भीर तीनलाई अन्य अस्पतालमा रिफर गर्ने तयारी भइरहेको  प्रहरीले जनाएको छ।

जीपका चालक र सहचालक फरार छन्। साँघुरो बाटोमा साइड दिने क्रममा जीप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ।

सम्बन्धित शिर्षकहरु