पराजयको कारण खोज्दै श्रेष्ठ गोरखामा, यस कारण हुँदैछ सरकार गठनमा ढिलार्इ

गोरखा । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निर्वाचनमा पराजयको कारण खोज्दै शुक्रबारदेखि गोरखामा छन् । गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचनमा डा. बाबुराम भट्टराईसंग पराजित श्रेष्ठ पराजित कारणमाथि समीक्षा गर्न तथा मतदातालाई धन्यवाद दिन गोरखा पुगेका हुन् ।

एमाले र माओवादी निकट कर्मचारीले गोरखा सदरमुकामको पश्चिमकालीमा शनिबार दिउँसो आयोजना गरेको सम्मान, स्वागत, बधाई ज्ञापन तथा वनभोज कार्यक्रममा उनी व्यस्त रहे । श्रेष्ठले कर्मचारीलाई आफ्नो जिम्मेवारीअनुसार काम गर्न आग्रह गरे । उनले आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताए ।

नेता श्रेष्ठले कांग्रेस र कानुन दुवैका कारण सरकार गठनमा ढिलाई भएको बताए । उनले भने, ‘सरकार बनाउने प्रक्रिया अघि बढ्छ, कुनै कठिनाइ छैन । पार्टी एकता अघि बढाउन भने केही गृहकार्य गर्नु जरुरी छ ।’ अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण बैठक ढिला भइरहेको तथा का‌ंग्रेस, माओवादी र मधेसवादीको सरकार बन्ने कुरा हल्ला मात्र भएको पनि उनले जिकिर गरे ।

सम्बन्धित शिर्षकहरु