सरकारका मन्त्रीहरुलाई नैतिक सीमामा बसी, हैसियत बुझेर कुरा गर्न अोलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुहरुलार्इ आफ्नो हैसियतमा बुझेर कुरा गर्न चेतावनी दिएका छन् ।

अाज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सरकारका मन्त्रीहरुलाई यस्तो चेतावनी दिएका हुन् । मंगलबार सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलन गरेर तेस्रो पार्टीले सरकार चलाउने र सरुवा बढुवा जारी राख्ने प्रतिक्रिया दिएपछि अध्यक्ष अोलीले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा ओलीले सरकारले राष्ट्रपति कार्यालय पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश असंवैधानिक भएको बताउँदै भने, ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, नैतिक सीमा भित्र बस्नुस् । मन्त्रीजीहरुलाई भन्न चाहन्छु, आफ्नो हैसियत बुझेर कुरा गर्नुस् ।’

अाफुहरूले सरकार गठन र पार्टी एकीकरण सँगसँगै लैजाने बताउँदै पार्टी एकतालाई केही शक्तिहरुले अहिले भाँड्न खोजिरहे पनि जसरी पनि एकता गरेरै छाड्ने अध्यक्ष अोलीले बताए ।

सम्बन्धित शिर्षकहरु