प्रधानमन्त्रीको आदेशमा घाइतेको उद्दार

jajarkot_districtजाजरकोट, २१ भदौ । भेरीमालिका नगरपालिका–४ शान्ति चौतारामा लोकेन्द्र शाहीको घरमा रहेको सङ्गीता होटलमा आगलागी हुँदा घाइते भएका चारजनाको सोमबार अपरान्ह उद्धार गरिएको छ ।

आइतबार दिउँसो भएको आगलागीबाट घाइते भएका चारजनालाई नेकपा माओवादी केन्द्र जाजरकोटका इन्चार्ज गणेशप्रसाद सिंहको पहल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो आदेशमा नेपालगन्जबाट सेनाको हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पु¥याइएको छ ।

उद्धार गर्दा लागेको खर्च प्रधानमन्त्री कार्यालयले तिर्ने प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले जानकारी दिए।

आगलागीबाट कार्कीगाउँ–६ घर भई सोही घरमा होटल गरी बस्ने ४५ वर्षीय मानसिंह खत्री, भेरीमालिका नगरपालिका–४ बस्ने १८ वर्षीय गोकर्ण चन्द, रुकुम चौरजहारी–७ का २३ वर्षीय प्रेमबहादुर राना र इलाका प्रहरी कार्यालय, गर्खाकोटमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान रमेश शाहलाई काठमाडौँ लगिएको हो ।

आगोमा जलेर मानसिंहकी माइत आएकी १८ वर्षीया छोरी संगिता खत्री बोहोराको सोमबार नै ज्यान गइसकेको छ ।

सम्बन्धित शिर्षकहरु