असनेपालन्युज , सिड्नी । माटो को तातो र चिसो पन खाली पैतालालाई मात्र थाहा हुन्छ। पीडितलाई मात्र पीडाको अनुभुति हुन्छ । तर कुनै पनि अध्यांरो स्थायि हुंदैन , यस्तै स्वरहरूका विच अस्ट्रेलियामा विश्व आदिवासि दिवस गुन्जीयो । नेपाली आदिवासि जनजाति मन्च अस्ट्रेलिया(निन्फा ) ले अजमाएको सो विश्व महोत्सव अस्ट्रेलियाका विभिन्न संघ-संस्था , समुदायका प्रतिनिधि र विविध समाजको वाक्लो उपस्थितिका विच भव्य जम्यो ,सिड्नीको पिटर्श्याम स्थित टाउन हलमा । २२औं अन्तर्रास्ट्रिय आदिवासि दिवस सधैंं झैं परम्परगात भेष -भुषा , सांस्कृतिक प्रस्तुति , मौलिक परिकार का विच आकर्षण बनिरह्यो । आदिवासी जनजतिको अडान , पहिचान सहितको संघीय संविधान , सहितको नाराले प्रश्रय पाएको यसपटक को यो दिवस , नेपाल सरकारले अर्को वर्ष देखि राष्ट्रिय स्तरमै मनाउने कुराको स्वागत गर्दै चासो पूर्ण बनेको थियो । निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फे को अध्यक्षतामा
सम्पन सो कार्यक्रममा समुदायका प्रतिनिधिहरू , विभिन्न बहुसांस्कृतिक समुदायका व्यक्तिहरूको उपस्थिती रहेको थियो । सबै वक्ताहरूको आवाजमा आदिवासिहरू अस्तित्व र पहिचानको सन्देशहरू बुलन्दित बनेका थिए ।अस्ट्रेलियाको पहिलो आदिवासि महिला सांसद लिण्डा बुर्ने सहितको आमन्त्रितहरूले आदिवासि जनजातिको सवालमा विश्वले दीईरहेको चासो को बारेमा चर्चा गर्नु भएको थियो ।यो दिवस भाषा, धर्म, सस्कृति र मौलिकतालाइ जोगाउने र ईतिहासले गरेका विभेदलाइ पहिचान गरी समतामूलक समाज सृजना गर्ने मौका हो’यो दिवस हाम्रो भाषा, धर्म, सस्कृति र मौलिकतालाइ जोगाउने र ईतिहासले गरेका विभेदलाइ पहिचान गरी समतामूलक समाज सृजना गर्ने मौका हो।
सिड्नी मा झैं विश्वका अन्य मुलुकमा समेत आदिवासि जनताति विश्व दिवस मनाईेको छ । थप जानकारीका यस भित्र प्रवेश गरौं ।








