
असनेपालन्युज ,सिड्नी ।तस्वीरहरू युगहरूलाई जोड्ने सेतु हुन्। अनि अनौठा तस्विर मार्फत कला उतार्नेहरू दार्शनिक हुन्। युगको सेतु र ईतिहासको संवहाक बनेर एक नेपाली पुस्तक गाथा उदाउंदै छ, अस्ट्रेलिया बाट । सेप्टेम्बर ११ को मुहुर्त कुरेर बसेको सो पुस्तकलाई पूर्णता दिने सिर्जनशिल हात हुन् ‘प्रतिभाशालि फोटोपत्रकार र यस बर्षको ‘डकुमेन्ट्री फोटोग्राफर अफ द ईयर -२०१६ फाइनलीस्ट’ सुधीरा शाहको ।
अस्ट्रेलियामा कर्मथलो बनाईरहेका ४ सय ६६ भन्दा बढी नेपालीको तस्वीर गाथालाई अब उप्रान्तका जिज्ञासुहरूले एउटै पुस्तक मा भेट्ने छन्। नेपाल, बेलायत र अष्ट्रेलियाको घुमाई बाट आफ्नो कलात्मक फोटोग्राफी को अनुभव पकाएकि सुधिराले सन् २०१३ देखि यो ‘फार एण्ड अवे ‘नामको ऐतिहासिक चित्र ग्रन्थ पारीयोजनाको शुरुवात गरेको हुन्।
चित्र मात्र हैन प्रत्येक परिवारका परिचय वक्ने केहि खंदिला अक्षरहरू पनि समवेश गरिएको र आफ्नो प्रतिभालाई हुने सम्म निखारेर यो पुस्तक बनाईेएको सर्जक शाहको असनेपाल न्युज सँगको प्रतिकृया छ ।
साथमा सघाईरहेका अनुभवि पत्रकार योगेन्द्र विष्टको सीप पनि यी विवरण मा समाविस्ट छन्। पुस्तक साज सज्जा का अग्रणि नाम राजुबाबु शाक्यको आकर्षक सजावट कला हेर्न पाईने यो पुस्तकमा करीब ४९६ रंगीन पेजहरूले सबैको मन छुन सक्ने यस तस्विर ग्रन्थका सहयोगि समुहको अपेक्ष्या छ।
अस्ट्रेलियाली अध्यागमन मन्त्री पीटर डट्न देखि संचार छायामन्त्री मिशेल रोल्याडले र गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले तथा अन्य चिर परीचित ब्यक्तिहरूको शुभेच्छा र शुभकामना र सद्भभाव बनेको यो “पुस्तक प्रकाशनले’ नेपाली समुदायलाई अस्ट्रेलियनहरू विच थप चिनाउने मात्र नभै , नेपालकै पहिचान विस्तार गर्ने विभिन्न व्यक्तिहरूको टिप्पणी छ । डा नारायण प्रधान , ईन्द्रा वन ,हर्ष गौरत , डिल्ली ढकाल ,मन के सि लगायतले यो पुस्तकको सकारात्मक उपलब्धी माथी आ-आफ्नो प्रतिकृया दिएका छ्न्।
मानिसले चाहेमा के गर्न सक्दैन र !, एउटा भिन्न उदारहरण बन्ने भएको छ ,यो पुस्तक ,असनेपाल न्युज सँग को प्रतिकृया छ , उनको ।औपचारिक शिक्षामा सन् २००४ मा बेलायतको ‘ वेस्टमिनीस्टर’ विश्वविध्यालय बाट फोटोपत्रकारितामा स्नाकोत्तर गरेकि शाहले अष्ट्रेलियामा विगत ६ वर्ष देखि आफ्नै स्टुडियो मार्फत आफ्नो व्यवसायीक धर्म निर्वाह गर्दै नेपाली चेलीको गौरवता बढाईरहेकि छिन्। संस्थागत रुपमा सन् १९९९ देखि नेपालमा कान्तिपुर प्रकाशन गृह बाट फोटोग्राफीको बलियो जग राखेकि नारी हस्ताक्षर सुधिरालाई ‘ एक बालीकाको कठिन रोपवे यात्रा ‘उपाधि दिलाउने वालिकाको तस्वीर नै उनलाई पहिलो पटक संसार सामु परिचय गराउने तस्वीर बन्यो । त्रिशुली नदी तर्ने क्रममा पाठशाला जांदै गरेकि सो तस्वीर सन् २००२ मा राष्ट्रिय फोटो प्रतियोगिताको दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । आफ्नो सिर्जना को आधार नेपाली समुदायनै भएको बताउने शाहको सो पुस्तक सेप्टेम्बर देखि बजारमा उपलब्ध हुने एक पत्रकार सम्मेलन मार्फत सिड्नीमा बताईन।
पुस्तकले आफ्नो सामाग्रीमा न्यु साउथ वेल्स १७०, क्वीन्सल्याण्डबाट ४६, नर्दन टेरटोरीबाट ४९, पश्चिम अष्ट्रेलियाबाट ६४, दक्षीण अष्ट्रेलियाबाट ३१, भीक्टोरीयाबाट ७८, अष्ट्रेलियन क्यापीटल टेरिटेरीबाट १९ र तास्मानीयाबाट ९ जना परिवारहरुको चित्रात्मक उपस्थिती गराएको छ । सो पुस्तकलाई सङ्रह गर्न ३० डलरमा विशेष छुटका सहित ,सेप्टेम्बर ११ अघि एक मगाउन सकिने जनाईएको छ ।पत्राकारिता र कानुनका साथ साथै अष्ट्रेलियामा मक्वारि र सेन्ट्रल क्वीन्सल्याण्ड विश्व विद्यालयबाट क्रमश निती तथा सामाजिक अनुसन्धान र लेखामा स्नाकोत्तर गरिसकेका योगेन्द्रका तिखा कलमले चुनेका शब्दहरू यो पुस्तकमा सुन माथिको सुगन्ध बन्न पुगेको छ । पुस्तक प्रेमि जीवनमा कहिल्यै एक्लो हुनु पर्दैन । सुधिरा शाह सहित योगेन्द्र विस्ट र पुस्तक परियोजनाका सम्पूर्ण समुहलाई असनेपालन्युजको तर्फबाट शुभकामना दीइएको छ ।
-भीमसेन सापकोटा










