प्रवासी नेपाली मञ्च अष्ट्रेलिया राज्य समिती साउथ अष्ट्रेलियाको प्रथम अधिवेशनले हेम खनाललाई अध्यक्षमा चयन:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

 

प्रवासी नेपाली मञ्च अष्ट्रेलिया राज्य समिती साउथ अष्ट्रेलियाको प्रथम अधिवेशन सम्पन्न भएको छ।प्रथम अधिवेशनले हेम खनाललाई अध्यक्षमा चयन गरेको छ।नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थ मन्त्रि विष्णु पौडेल प्रमुख अतीथी रहनुभएको सो कार्यक्रममा परराष्ट्रविद तथा नेकपा एमालेका केन्द्रिय सदस्य राजन भट्टराई विशेष अतीथी हुनुहुन्थ्यो।

 

 

 

 

 

 

सोहि कार्यक्रममा प्रमुख अतीथी ,विशेष अतीथी तथा उपस्थित महानुभाव बिच अन्तर्कृया कार्यक्रम समेत भएको थियो। सो अधिवेशनबाट नयां कार्य समितीको चयन गरिएको छ ।सो कार्यसमितीको उपाध्यक्षमा राजेश अधिकारी,सचिवमा असोक के.सी,कोषाध्यक्षमा असोक अधिकारी,सह सचिवमा गणेश पराजुली,सदस्यहरुमा प्रकास पनेरु,रमन अधिकारी,सुपक अधिकारी,निलम महत, चन्द्र कुंवर,तुङ्गा बानिया,संगित फुईंयाल ,रगनेश श्रेष्ठ,निर्दोष खनाल,मनोज अधिकारी, जीवन भण्डारी,सन्तोष चालिसे, युवराज पहाडी,बुद्दिराज फुईंयाल लिला परी साथै शंकर सापकोटा रहेका छन।


सो कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका रमेश पान्डे,नेपाल सरकारबाट साउथ अष्ट्रेलियाका लागि अवैतनिक बाणिज्यदूत दिपक धमला,एनआरएनए साउथ अष्ट्रेलिया संयोजक नविन कंडेल साथै थुप्रै नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो। सो कार्यक्रम ४ फेब्रुअरी २०१७ आज शनिबार सम्पन्न भएको हो।

सम्बन्धित शिर्षकहरु