असनेपालन्युज ,सिड्नी । सिड्नीमा लोकार्पण गरिएको ‘नेपाल रिपोर्टस् मासिक पत्रिकाको आगमनलाई विभिन्न क्षेत्र बाट स्वागत गरिएको छ । युवा पिढींलाई लक्षित गर्दै प्रकाशनमा ल्याईएको सो पत्रिकलाई नेपाली समुदायका विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले यसप्रति सकारात्मक प्रतिकृया दिएका हुन्। सो पत्रिकाको विमोचन समारोहमा विभिन्न व्य
क्तिहरूले सांचो पत्रकारिताको सदैव स्थान उच्च रहने बताए । पत्रकारिता विधामा पारङ्गत र राजनीतिक रङ्गबाट अलग रहेका सिर्जनशिल युवा जमातले सो मासिक पत्रिकालाई वाहिर ल्याएको सो अवसरमा बताईयो । सम्वन्धित विधामा औपचारिक शिक्ष्या र अनुभ
व दुबै सम्हालेका वि
ज्ञान कंडेलको सम्पादकीय मा वाहिर आएको सो पत्रिका यस अघि ‘डिजिटल’ सेवा मार्फत समुदायमा ‘नेपाल रिपोर्ट्स् अनलाइन को रुपमा परिचित थियो ।
नेपाली साहित्यमा समेत बलियो पहुंच राख्ने सम्पादक विज्ञान उमेरले कम र अनुभवले पाकेका प्रतिभाको रुपमा परिचित हुनुहुन्छ । नि:शुल्क उपलब्ध्ग हुने सो पत्रिकाका प्रकाशकमा गैर आवसिय नेपाली संघ (अस्ट्रेलिया ) एन आर एन का कोषाध्यक्ष तथा डिला खरेल हुनुहुन्छ ।
अस्ट्रेलियामा आम संचार झांङ्गिदै गइरहेको अवस्थामा नविन सोचका साथ नयां पत्रिका जन्मिनु समुदायकै लागि सुखद कुर भएको लोकार्पण समारोहका सहभागिहरूको प्रतिकृया थियो । समुदयाका प्रतिनिधि, संचारकर्मि तथा विभिन्न विधाका व्यक्तिहरूले सो अवसरमा आ-आफ्न धारणा राखेका थिए ।
‘युगको चाहना बमोजिम हामि अब्बल दर्जाको सेवा प्रादन गर्ने छौं ‘सम्पादक विज्ञानले असनेपालन्युजलाई प्रति कृया दिनु भयो । 








