वेस्टर्न अस्ट्रेलियामा आदि कवि भानुभक्त आचार्यको २०३ औँ जन्मोत्सव तथा भाषा पाठशाला बार्षिकी कार्यक्रम हुने।

महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,वेस्टर्न अस्ट्रेलियामा आदि कवि भानुभक्त आचार्यको २०३ औँ जन्मोत्सव तथा भाषा पाठशाला बार्षिकी कार्यक्रम हुने भएको छ।नेप्लिज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया र अनेसास,वेस्टर्न अस्ट्रेलिया को संयुक्त आयोजनामा हुन गईरहेको सो कार्यक्रम रेडक्लिफ कम्युनिटी हलमा १७ जुलाई २०१६ आईतबार दिउसो ३:३० बजेबाट हुने भएको हो। सो समारोहमा पाठशाला बार्षिकी कार्यक्रम,भानुको साहित्यक योगदान तथा सृजना वाचन हुने भएको छ। साथै उक्त कार्यक्रममा नृत्य र गायन पनि राखिएको छ।सो कार्यक्रममा वाचन गरिने सृजनाहरुलाई सृजनाकारको अनुमतिमा अनेसास स्मारिका २०१६ मा समावेस गरिने बताईएको छ।

सम्बन्धित शिर्षकहरु