विजय थापा ,वाशिंगटन डिसी गत जुलाई २- ४ तारिख सम्म लस एन्जेलसमा युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको प्रथम नेपलीज अमेरिकन सम्मेलन सफलता पुर्वक सम्पन्न भएको छ l युवाहरुको नेतृत्वमा संचालन भएको तीन दिने सम्मेलन सफलता पुर्वक सम्पन्न भएकोमा युवाहरुले खुशी व्यक्त गरेका छन् lअमेरिका रहेका युवा तथा दोश्रा पिढीलाई अमेरिकाको मूलधारमा ल्याउने मुख्य हेतुले सम्मेलनको आयोजना गरेको युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले दिएका छन् l उद्घाटन कार्यक्रममा नेपालबाट आएका युवा नेता विश्व प्रकास शर्मा ,अर्थविद डा स्वर्णिम वाग्ले , वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, ओबामाकि दक्षिण एसिया हेर्ने सल्लाहाकार समितिकी सदस्य संजिता प्रधान लगायत बिभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l उक्त सम्मेलनमा बिबिध बिषयका संगोष्ठी कार्यक्रमहरु संचालन भएका थिए l नेपलिज अमेरिकन सम्मेलनमा आसन ग्रहण नगराई अतिथि तथा वक्ताहरुलाई मंचको अघिल्लो पंक्तिका कुर्शीमा राखीएको थियो l समुद्घाटन पनि बालिकाबाट गरिएको थियो l तीन दिन सम्म चलेको सम्मेलनमा खेलकुदमा भकुण्डो ,भलिबल ,क्रिकेट ,बास्केटबल ,टेबुल टेनिस ,गल्फ लगायतका प्रतियोगितात्मक खेलहरु राखिएको थियो l सम्मेलन भर बिशेष सास्कृतिक कार्यक्रमका लागि नेपालका हास्यकलाकार सन्दिप क्षेत्री ,स्थानीय कलाकारहरु ,नायिका प्रियंका कार्की ,फिरोज स्याङ्गदेन ,प्रज्वल बज्राचार्य ,राजेन्द्र कर्ण ,दिवस गुरुङ ,गायक बिपुल क्षेत्री तथा टोलिले सांगीतिक प्रस्तुति गरेको थियो l प्रथम नेपलीज अमेरिकन सम्मेलनमा पहिलो पटक भेषभुषा प्रदर्शन पनि गरिएको थियो l नेपलिज अमेरिकन सम्मेलन २०१७ मा टेक्सासको डालसमा र २०१८ मा न्युयोर्कमा हुने भएको छ l संस्थापक लामा अगाडी भने युवाहरुलाई जिम्मेबारी दिएको सम्मेलन सफलता हुन् सकेकोमा हर्ष व्यक्त गर्दै २०१७ मा टेक्सासमा हुने सम्मेलन अझ व्यापक तथा सफलता प्राप्त गर्ने कुरामा आफु बिश्वस्त रहेको बताए l
सम्बन्धित शिर्षकहरु
देउसी भैलोमा रमाउँदै कलाकारहरु
गोपिकृण्ण चापागाई ।नेपालीहरुको महानपर्ब तिहारको उपलक्ष्यमा म्याग्दी कला सांस्कृतिक संरक्षण मञ्च काठमाडौंले […]
नेपाली चेली कन्चन ‘व्हाइट हाउस’मा जिम्वेवारीका लागि मनोनित
विजय थापा ,वाशिंगटन डिसी नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरिकन […]
नसुर्ताउनु म त तिम्रै… (गीत) – शब्द लहर, अँक ४० – प्रविण टण्डन
गीत जतिबेला तिम्रा, आँखाबाट पर हुन्छु नसुर्ताउनु म […]
मस्यौदामा फरक मति सहित एमाओवादीद्वारा हस्ताक्षर
असार १५ । काठमाडौँ, एकीकृत माओवादीले मस्यौदा समितिको प्रारम्भिक मस्यौदामा हस्ताक्षर गरेको छ। एमाओवादीले […]
नेपाली सीमाना अतिक्रमण भएको सवाल अस्ट्रेलियाका मन्त्री समक्ष समेत प्रस्तुत
असनेपालन्युज, सिड्नी । अस्ट्रेलियाका अध्यागमन मन्त्री मुख्य अतिथि रहेको सिड्नीको एक कार्यक्रममा नेपाली […]
संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपतिद्वारा खुसी व्यक्त
असोज १२ । न्युयोर्क, अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा […]


