विजय थापा ,वाशिंगटन डिसी गत जुलाई २- ४ तारिख सम्म लस एन्जेलसमा युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको प्रथम नेपलीज अमेरिकन सम्मेलन सफलता पुर्वक सम्पन्न भएको छ l युवाहरुको नेतृत्वमा संचालन भएको तीन दिने सम्मेलन सफलता पुर्वक सम्पन्न भएकोमा युवाहरुले खुशी व्यक्त गरेका छन् lअमेरिका रहेका युवा तथा दोश्रा पिढीलाई अमेरिकाको मूलधारमा ल्याउने मुख्य हेतुले सम्मेलनको आयोजना गरेको युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले दिएका छन् l उद्घाटन कार्यक्रममा नेपालबाट आएका युवा नेता विश्व प्रकास शर्मा ,अर्थविद डा स्वर्णिम वाग्ले , वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, ओबामाकि दक्षिण एसिया हेर्ने सल्लाहाकार समितिकी सदस्य संजिता प्रधान लगायत बिभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l उक्त सम्मेलनमा बिबिध बिषयका संगोष्ठी कार्यक्रमहरु संचालन भएका थिए l नेपलिज अमेरिकन सम्मेलनमा आसन ग्रहण नगराई अतिथि तथा वक्ताहरुलाई मंचको अघिल्लो पंक्तिका कुर्शीमा राखीएको थियो l समुद्घाटन पनि बालिकाबाट गरिएको थियो l तीन दिन सम्म चलेको सम्मेलनमा खेलकुदमा भकुण्डो ,भलिबल ,क्रिकेट ,बास्केटबल ,टेबुल टेनिस ,गल्फ लगायतका प्रतियोगितात्मक खेलहरु राखिएको थियो l सम्मेलन भर बिशेष सास्कृतिक कार्यक्रमका लागि नेपालका हास्यकलाकार सन्दिप क्षेत्री ,स्थानीय कलाकारहरु ,नायिका प्रियंका कार्की ,फिरोज स्याङ्गदेन ,प्रज्वल बज्राचार्य ,राजेन्द्र कर्ण ,दिवस गुरुङ ,गायक बिपुल क्षेत्री तथा टोलिले सांगीतिक प्रस्तुति गरेको थियो l प्रथम नेपलीज अमेरिकन सम्मेलनमा पहिलो पटक भेषभुषा प्रदर्शन पनि गरिएको थियो l नेपलिज अमेरिकन सम्मेलन २०१७ मा टेक्सासको डालसमा र २०१८ मा न्युयोर्कमा हुने भएको छ l संस्थापक लामा अगाडी भने युवाहरुलाई जिम्मेबारी दिएको सम्मेलन सफलता हुन् सकेकोमा हर्ष व्यक्त गर्दै २०१७ मा टेक्सासमा हुने सम्मेलन अझ व्यापक तथा सफलता प्राप्त गर्ने कुरामा आफु बिश्वस्त रहेको बताए l
सम्बन्धित शिर्षकहरु
टेलिकमले फोन र इन्टरनेटको मूल्य वृद्धि नगर्ने
काठमाडौं । नेपाल टेलिकमले टेलिफोनको मूल्य वृद्धि नगर्ने निर्णय गरेको छ । ग्राहकको सेवा र सुविधालाई ध्यानमा […]
प्याप्सन जिल्ला कार्यसमिति इलाम र झापा मिडिया डटकमले संयुक्तरुपमा शुक्रबार इलाममा आयोजना गरेको लिटल आइडलमा […]
‘जुम्लामा गोली चलेको छैन,बोतल प्रहारले घाईते प्रहरी जवान जीवित छन्’:प्रहरी
काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा […]
एमाले केन्द्रीय कमिटीको बैठक आजबाट
साउन १०। काठमाडौँ, नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आइतबारबाट पार्टी कार्यलय रहेको बल्खु प्राङ्गणमा सुरू […]
आजको मन्त्रिपरिषद्ले गर्यो यस्तो महत्वपूर्ण निर्णय
काठमाडौँ, सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा गोविन्द पोखरेललाई नियुक्त […]
क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव […]


