देउसी भैलोमा रमाउँदै कलाकारहरु

गोपिकृण्ण चापागाई ।नेपालीहरुको महानपर्ब तिहारको उपलक्ष्यमा म्याग्दी कला सांस्कृतिक संरक्षण मञ्च काठमाडौंले देउसी भैलो कार्यक्रम गरिरहेको छ ।

राजधानीमा तिहार शुरुभए लगतै मंचले देउसीभैलो खेल्न शुरु गरेको हो ।

मञ्चले आयोजना गरेको देउसि भैलो कार्यक्रमा कलाकारहरु देउसी र भैलो भन्दै छमछम गरेर नाँचे ।

म्याग्दि जिल्लाका कलाकारहरुको मञ्च म्याग्दी कला सांस्कृति संरक्षण मञ्च काठमाडौले आफ्नो देउसी भैलो कार्यक्रम २०७१ गरेको हो । मञ्चमा आबद्ध कलाकारहरु खड्ग गर्भुज़ा, राजन भुजेल , मिना भुजेल ,निता पुन ,राम गगन बिक, बाबु राम सुबेदी लगाएतका थुप्रै कलाकारहरु जमघट भई नाचगान गरीरहेका छन् ।

भाईटिकाको दिन सम्म देउसीभैलो खेलीने मञ्चका अध्यक्ष तथा कलाकार राजन भुजेलले जानकारी दिनु भयो । साथै भुजेलले अन्य सो देउसी भैलो खेलीरहनुभएकाहरुको लागि पनि सरकारले जारीगरेको समय ९ बजेसम्म मात्र मर्यादित ढंगबाट खेल्नुपर्ने धारणा राख्नु भयो ।

सम्बन्धित शिर्षकहरु