महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,बेलायतको लन्डनबाट विश्व काव्य यात्रा थाल्नुभएका कवि तथा गीतकार बसन्त चौधरीको काव्य यात्राको १६ औँ श्रृङ्खला आज शनिबार कोग्रा स्कूल अफ आर्टस, कोग्रा सिड्नीमा सम्पन्न भएको छ।सिड्नीमा रहेका बरिष्ट साहित्यकारहरु,अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थि रहेको सो कार्यक्रममा कवि बसन्त चौधरीले माया प्रेम तथा देश प्रति समर्पित कविताहरु मार्फत जोडदार प्रस्तुति दिएका थिए।
साताको साहित्यको आयोजनामा भएको सो कार्यक्रममा बसन्त चौधरीका चर्चित गीतहरुमा स्थापित गायक गायीका सुजाता उपाध्याय समिर आचार्य र संजीव पराजुलीले आ-आफ्नो गायन मार्फत विशेष प्रस्तुती दिएका थिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति साताको साहित्यका सम्पादक निष्प्रभ सजीले आभार प्रकट गर्दै धन्यबाद दिएका थिए।
तस्बिर : निष्प्रभ सजी








