विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संरचनाको निर्माण, स्थानीय निकायको निर्वाचन र संविधान कार्यान्वयन गराउन पनि प्रमुख दलहरुबीच एकता आवश्यक छ ।”
विगतमा प्रमुख चार दलबीच १६ बुँदे सहमति भई संविधान निर्माण भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा पनि सँगै अघि बढ्न आग्रह गरे ।
उनले दलहरु सँगै मिलेर धेरै काम गर्नुपर्ने भएकाले नेपाली काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह पनि गरे ।
उनले मधेसी मोर्चाको माग र असन्तुष्टिलाई सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आग्रहसमेत गरे ।


![;fs{ d'Vo;lrj:t/Lo a}7s sf7df8f}F k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ sf7df8f}Fdf blIf0f Pl;ofnL If]qLo ;xof]u ;ªu7g -;fs{_sf d'Vo ;lrj -Soflag]6 ;]qm]6/L_ :t/Lo b'O{lbg] a}7ssf] pb3f6g ub{} . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/06/1465461007938_PRO_KTM_160608_IMG_0247_-200x300.jpg)






