अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को रजतजयन्ती अमेरिकाको भर्जिनियामा भब्यताका साथ सम्पन्न।

तस्बिर: खेम भट्टचन

 

महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को रजत जयन्ती अमेरिकाको भर्जिनियामा भब्यताका साथ सम्पन्न भएको छ। २०१६ जुन ४ र ५ तारिकमा भएको सो कार्यक्रमा केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्मा,अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी,अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की,समालोचक डा. खगेन्द्र लुईंटेल,अनेसास पूर्व अध्यक्ष गीता खत्री, फिजीकालागि नेपाली साँकृतिक राजदुत तथा अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा,अनेसास महासचिव गोवर्धन पूजा,बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्की,विश्वका विभिन्न देशहरुबाट आएका नेपाली भाषा साहित्यलाई माया गर्ने कवि तथा साहित्यकारहरुको सहभागिता थियो।विभिध कार्यक्रमकासाथ सम्पन्न भएको सो कार्यक्रममा रजतजयन्ती स्मारिका, अनेसासको इतिहास र प्रथम अन्तर्राष्ट्रिय महिला सम्मलेनको स्मारिका समेत बिमोचन गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु