प्रधानमन्त्री यसरी लागे चीन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एकसय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी चीन भ्रमणमा लागेका छन्।

प्रधानमन्त्री ओली निजी बायुसेवा कम्पनीको विमानबाट चीन गएका हुन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमसँग भएका जहाजमा नभई प्रधानमन्त्रीले निजी कम्पनी हिमालय एयरलाईन्सको जहाज चार्टर्ड गरेर चीन प्रस्थान गरेका हुन् ।
12063505_1348728815152611_500085945872800469_nसरकारी प्रतिनिधि नेपालबाट ५६, बेइजिङबाट ४ गरी ६०जना र उद्योगी व्यवसायी सहित जम्मा ९८ जना प्रधानमन्त्रीसहित भ्रमण टोलीमा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले असनेपालन्युजलाई जानकारी दिए ।

भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत छन् ।

प्रधानमन्त्रीले केही उद्योगी व्यवसायीलाई पनि सरकारी सुविधामै चीन भ्रमणमा गएका छन् ।

सम्बन्धित शिर्षकहरु