कांग्रेस प्रतिनिधिमा चयनमा रामचन्द्रका सम्धी पछारिए

congress-belgiumमाघ २३ । चितवन, नेपाली कांग्रेसको १३औँ महाधिवेशनका लागि शुक्रबार चितवनमा भएको प्रतिनिधि छनोटमा काँग्रेसका अग्रज, पूर्व जिल्ला सभापति, सांसद र चिनिएका नेतासमेत पराजित भएका छन् ।

चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ पराजित भएका छन् ।

त्यसैगरी सोही क्षेत्रबाट सांसद गीता वाग्ले, यसअघिका महाधिवेशन प्रतिनिधि समेत रहेका वामदेव खनाल पनि पराजित भएका छन । खनाल कांग्रेस उपसभापति रामचन्द्र पौडेलका सम्धी हुनुहुन्छ । सोही क्षेत्रमा पूर्व महाधिवेशन प्रतिनिधि केशव कँडेल पनि पराजित भएका छन् । तरुण दल चितवनका अध्यक्ष रामकुमार श्रेष्ठ पनि प्रतिनिधि छनोटमा पराजित भएका छन्।

नेपाली कांग्रेस चितवनका पूर्व उपसभापति ऋषि पाण्डे पनि सो क्षेत्रमा पराजितमध्येमा परेका छन् । चितवन क्षेत्र नं ४ बाट पूर्व जिल्ला सभापति तोपमानसिंह गुरुङ पराजित भएका छन् ।जिल्लामा महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका अन्य छ जना सांसद भने विजयी भएका छन्।

यसैगरी सभापतिको उम्मेदवारी दिने जनाउँदै आएका क्षेत्र नं १ का राजेन्द्र बुर्लाकोटी, २ का जीतनारायण श्रेष्ठ, तीनका राजेश्वर खनाल, ४ का टेकप्रसाद गुरुङले चारवटै क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर जितेका छन् ।

जिल्लाका पाँच क्षेत्रमा ९०१ प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिका लागि मतदान गरेका थिए । जसमा क्षेत्र नं १ बाट राजु सिलवाल, २ बाट कुमार कार्की, ३ बाट रमेशप्रसाद अधिकारी, ४ बाट सरिता केसी र ५ बाट लालबहादुर दुवाडी क्षेत्रीय सभापतिमा विजयी भएका छन्।

जिल्लाबाट महाधिवेशनमा सहभागी हुन ६० जनाले अवसर पाएका छन् । जसमा संस्थापन समूहको सङ्ख्या बलियो रहेको जिल्लास्थित नेताहरुले बताएका छन् । रा

सम्बन्धित शिर्षकहरु