,असनेपालन्युज , महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया
सिड्नी अष्ट्रेलियालाई आफ्नो कर्मथलो वनाई साहित्यका विविध विधामा सक्रिय सर्जक निष्प्रभ सजि को उपन्यास “डार्लिङ हार्बर” सिड्नीको कोग्रामा सिड्निकालागी लोकार्पण भयो । स्कुल अफ आर्ट्स (Corner of Queens Av & Bowns Road, Kogarah NSW 2217) मा एक विशेष कार्यक्रम बिच पुस्तक हस्ताकक्षर तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयो।
शनिवार सम्पन्न भएको कार्यक्रममा सिड्नीमा रहेका बरिष्ट साहित्यकारहरु नवराज कार्कि ,केदार पोखरेल लगायत सिड्नीमा रहेका साहित्यकारहरू,अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थि रहेको थियो। अन्तरकृया कार्यक्रममा निष्प्रभ सजिले जिज्ञाशुहरुले सोधेका प्रश्नको उत्तर दिएका थिए।साथै आफुलाई र साहित्यलाई माया गर्ने,साथै कार्यक्रमलाई सफल बनाउने सबैप्रति आभार प्रकट गर्दै धन्यबाद दिएका थिए। उनी साताको साहित्यका सम्पादक पनि हुन्। सो पुस्तक यस अघि नेपालमा समेत विमोचन गरिएको थियो । सो अवसरमा पुस्तक हस्ताक्षर कार्यक्रम समेत राखिएको थियो ।








