एजेन्सी, बलिउड अभिनेता सनी देओललाई अभिनेत्री सोहा अलि खानले झापड हानेकी छिन् । उनले ‘रियल लाइफ’मा नभई ‘घायल वान्स अगेन’को सुटिङमा सनीलाई झापड हानेकी हुन् ।
फिल्मको एक दृश्यमा सनी मदहोसी पारामा हुन्छन् । उनलाई ब्युँझाउनका लागि सोहाले झापड हान्नुपर्ने हुन्छ । पटक–पटक झापड हानेको अभिनय गर्दा पनि ‘पर्फेक्ट’ नआएकाले निर्देशकले सोहालाई नडराईकन राम्रैसँग झापड हान्ने आदेश दिए ।
निर्देशकले भनेको कसरी नमान्नू रु त्यसपछि सोहाले मुटु दह्रो बनाएर सनीलाई साँच्चै झापड हानिन् । त्यो सट भने ओके भएछ । दुख्ने गरी नै झापड हान्दा पनि सनी भने ‘टेक ओके’ भएकाले खुसी थिए । सोहा भने सनीले केही भन्छन् कि भनेर डराएकी थिइन् । सनी ती कलाकार हुन्, जसले फिल्मका लागि जस्तोसुकै सम्झौता पनि गर्न पछि पर्दैनन् । यही फिल्मको एक दृश्यमा उनले केशमुण्डनसमेत गरेका छन् । सनीको निर्माण र निर्देशनमा बनेको घायल वान्स अगेन जनवरी १५ मा रिलिज हुँदै छ । नयाँ पत्रिकाबाट।








