काठमाडौं । भूमि व्यवस्थामन्त्री पलद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्किँदा झण्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ। नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार मन्त्रीको टोल वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन काठमाडौ फर्केको थियो। टोली त्यतिवेला वेस क्याम्पमा झण्डै एक घण्टा कार्यक्रम गरेको थियो।
नेपाली प्राविधिकहरू सगरमाथा मापनमा रहेका वेला अनुगमनको बहानामा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर बेस क्याम्प पगेको थियो। काठमाडौंबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेनो र सिम्रिक एअरका दुईवटा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएका थिए। सगरमाथा बेस क्याम्पमा उनको कार्यक्रम अनुगमन भन्दा पनि घुमफिरमा केन्द्रित रहेको उच्चपदस्थ एक कर्मचारीले बताए।
हेलिकोप्टरबाट मन्त्री अर्यालसँगै बेस क्याम्प जाने उनका स्वकीय सचिव टेक लुइँटेल, नापी विभागका कर्मचारीहरूले सेल्फी खिच्न पनि भ्याए। नेकपा स्याङ्जाका विश्व अर्यालसहित भूमि व्यवस्था मन्त्रालयका सहसचिवद्वय जनक जोशी र चन्द्रकला पौडेल, नापी विभागका महानिर्देशक प्रकाश जोशी र केही उच्च अधिकारी थिए। मन्त्री अर्याल त्यहाँ जाँदा लागेको सबै खर्च नापी विभागले बहोरेको जानकारी दिइएको छ।








