धादिङ, गोरखा, लमजुङ र कास्कीमा बाढी आउनसक्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएका कारण आज चुरे र महाभारत क्षेत्रमा वर्षासहित एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको भन्दै रहेको भन्दै नदी आसपास रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आइतबार (आज) बाढी बुलेटिनमार्फत देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले चुरे र महाभारतबाट बहने लगायतका नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाको बाढी बुलेटिन अनुसार धादिङ, गोरखा, लमजुङ र कास्कीको केही स्थानहरूमा भारी वर्षाको संभावना भएकाले पहाडका साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएको छ ।

बुलेटिनकाअनुसार सोमबार (भोलि) गोरखा, धादिङ, लमजुङ र कास्की लगायत काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा आसपासका जिल्लामा भारी वर्षा हुने सम्भावना भएकाले ती जिल्लामा सर्तकता अपनाउन विशेष अनुरोध गरिएको छ ।

साथै वागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । यस्तै महाशाखाले चुरे क्षेत्रबाट बग्ने खोलानालामा पानीको बहाब खतराको तहभन्दा माथि जान सक्ने चेतावनी पनि दिएको छ ।

सम्बन्धित शिर्षकहरु