बाढीपहिरोका कारण मुलुकभर ६६ को मृत्यु, १५ बेपत्ता

साउन १३। काठमाडौँ,  गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्म मुलुकभर ६६ को मृत्यु, ३१ घाइते र १५ जना बेपत्ता भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पहिरोका कारण ७६ वटा घर पूर्णरुपमा र दुईवटा घरमा आंशिक रुपमा क्षति पुगेको छ । प्यूठानमा ३१, गुल्मीमा सात, बाग्लुङमा छ, पाल्पा र रोल्पामा चार÷चार, मकवानपुरमा तीन, अर्घाखाँचीमा दुई, झापामा दुई, रुपन्देहीमा दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा एक÷एक जनाको मृत्यु भएको छ ।

aiff{sf sf/0f s~rgk'/sf] emnf/L ahf/df /x]sf] Ps blnt kl/jf/sf] eTs]sf] 3/ . 3/ eTs]kl5 afnaflnsf ;lxt v'nf cfsf; d'gL a;]sf 5g . tl:a/ M /fh]Gb|k|;fb kg]?, /f;;, s~rgk'/

प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बाग्लुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रुपन्देहीमा एक÷एकजना घाइते भएका छन् ।

यसैगरी, प्यूठानमा पाँच, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई र सुनसरी, सप्तरी, झापा, दाङ, कास्की र कपिलवस्तुमा एक÷एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

घटनाको जानकारी आउनासाथ सुरक्षा निकायका इकाई र जिल्ला सदरमुकामबाट समेत प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको मन्त्रालयले जानकारी दिएको छ । पहिरोमा परी घाइते भएकी बाग्लुङ राजकुट गाविस–७ की गर्भवती सुशीला तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो ।

klx/f]n] ;8s aufof] DofUbLsf] rd]/]nufot ljleGg 7fpFdf dªunaf/ /ftLsf] klx/f]n] ;8s eTsfPkl5 a]gL–hf]d;f]d ;8s cj?4 ePsf] 5 . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

डुबानबाट प्रभावित र जोखिममा रहेको बाँकेका राप्ती नदीे तटीय क्षेत्रका ५०६ जना व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टर र ३९३ जनालाई डुङ्गाबाट उद्धार गरी सुरक्षित स्थान सारिएको र सुनसरीका ३८५ परिवारलाई राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु