काठमाडौं, आन्दोलनरत मधेशी मोर्चा र प्रमुख तीन दलबीच आज तय भएको वार्ता स्थगित भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ६ बजेका लागि तय भएको वार्ता आज नहुने प्रधानमन्त्री केपी ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
मधेशी मोर्चाको ११ बुँदे मागका विषयमा कंग्रेस एमाले र एकीकृत माओवादीको साझा धारणा तय नभएको र मोर्चाका शीर्ष नेताहरु समेत व्यस्त भएका कारण आजको वार्ता स्थगित भएको एक नेताले जानकारी दिए ।
यसैबीच ,प्रधानमन्त्री ओलीले मोर्चाको माग सम्बोधनका विषयमा प्रमुख तीन दलको साझा धारणा तय गर्न भोली विहान बैठकको आव्हान गरेका छन् । प्रधानमन्त्री निवासमा कंग्रेस एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको भोलीको बैठकले साझा धारणा तय गरी मोर्चासँगको वार्ताको अर्को मिति तय गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
आज निर्धारित प्रमुख प्रतिपक्ष, मधेसी मोर्चा र सत्तापक्षको वार्ता स्थगित भएको छ । भोलि विहान प्रमुख तीन दलको बैठकपछि अर्को मिति तय हुनेछ ।
— PM K.P. Sharma Oli (@PM_Nepal) December 2, 2015








