मधेसी मोर्चा र तीन दलबीचको वार्ता किन भयो स्थगित ?

Oli-LL-940x470काठमाडौं, आन्दोलनरत मधेशी मोर्चा र प्रमुख तीन दलबीच आज तय भएको वार्ता स्थगित भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ६ बजेका लागि तय भएको वार्ता आज नहुने प्रधानमन्त्री केपी ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

मधेशी मोर्चाको ११ बुँदे मागका विषयमा कंग्रेस एमाले र एकीकृत माओवादीको साझा धारणा तय नभएको र मोर्चाका शीर्ष नेताहरु समेत व्यस्त भएका कारण आजको वार्ता स्थगित भएको एक नेताले जानकारी दिए ।

यसैबीच ,प्रधानमन्त्री ओलीले मोर्चाको माग सम्बोधनका विषयमा प्रमुख तीन दलको साझा धारणा तय गर्न भोली विहान बैठकको आव्हान गरेका छन् । प्रधानमन्त्री निवासमा कंग्रेस एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको भोलीको बैठकले साझा धारणा तय गरी मोर्चासँगको वार्ताको अर्को मिति तय गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु