काठमाडौं, भारतीय सुरक्षा मामिलाका विज्ञमा दरिएका पूर्व मेजर जनरल अशोक मेहता काठमाडौं आइपुगेका छन ।
उनी सोमबार काठमाडौं आएर अनौपचारिक भेटघाटमा सक्रिय रहेका छन् ।
उनले राजनीतिक दलका पुराना नेता सरकारी उच्चअधिकारीहरुलाई समेत भेटिरहेका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य मुलुकको छुट्टै तर संयुक्त शान्ति सेना राष्ट्रसंघ अन्तरगत रहनुपर्ने लविङ गर्दै आएका भारतीय पूर्वजनरल अशोक मेहता सोही कार्यको लविङका लागि काठमाडौंमा आएको बताइएको छ ।
उनी सोमबार नै काठमाडौं आएका हुन । उनले उक्त विषयमा सार्क सचिवालयका अधिकारीहरुसंग समेत छलफल गरेको उनी निकटस्थले जानकारी दिए । उनले सार्क सचिवालयमा भएको भेटघाटमा सार्क सचिवालयले क्षेत्रीय शान्ति सेनाको विषय उठाउन पर्नेमा जोड दिएको थिए ।
यसअघि पनि काठमाडौं आएर उनले त्यस विषयमा पटक पटक बहस छलफल गरेका छन् । उनले उक्त विषयमा न्यूयोर्क देखि सार्कका सदस्य मुुलुकहरुसम्म बहस गर्दै आएका छन् । उनले बुधबार यहा रहदा नेपालको चीनको दक्षिण एसिया संजालको बारेमा आफ्नो धारणा राख्ने कार्यक्रम समेत रहको छ ।
नेपाललाई नजिकबाट नियालेका सुरक्षा विज्ञको यो भ्रमण पनि भारतको ट्रयाक २ कूटनीतिको एक पाटो हुनसक्ने अडल परराष्ट्र अधिकारीहरुको छ ।








