पूर्व जनरल अशोक मेहता किन आए काठमाडौं?

nepal_news1439811600-ashok-_mehata-_former_jarna_20120417082542_(1)काठमाडौं, भारतीय सुरक्षा मामिलाका विज्ञमा दरिएका पूर्व मेजर जनरल अशोक मेहता काठमाडौं आइपुगेका छन ।

उनी सोमबार काठमाडौं आएर अनौपचारिक भेटघाटमा सक्रिय रहेका छन् ।

उनले राजनीतिक दलका पुराना नेता सरकारी उच्चअधिकारीहरुलाई समेत भेटिरहेका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य मुलुकको छुट्टै तर संयुक्त शान्ति सेना राष्ट्रसंघ अन्तरगत रहनुपर्ने लविङ गर्दै आएका भारतीय पूर्वजनरल अशोक मेहता सोही कार्यको लविङका लागि काठमाडौंमा आएको बताइएको छ ।

उनी सोमबार नै काठमाडौं आएका हुन । उनले उक्त विषयमा सार्क सचिवालयका अधिकारीहरुसंग समेत छलफल गरेको उनी निकटस्थले जानकारी दिए । उनले सार्क सचिवालयमा भएको भेटघाटमा सार्क सचिवालयले  क्षेत्रीय शान्ति सेनाको  विषय उठाउन पर्नेमा जोड दिएको थिए ।

यसअघि पनि काठमाडौं आएर उनले त्यस विषयमा पटक पटक बहस छलफल गरेका छन् । उनले उक्त विषयमा न्यूयोर्क देखि सार्कका सदस्य मुुलुकहरुसम्म बहस गर्दै आएका छन् । उनले बुधबार यहा रहदा नेपालको चीनको दक्षिण एसिया संजालको बारेमा आफ्नो धारणा राख्ने कार्यक्रम समेत रहको छ ।

नेपाललाई नजिकबाट नियालेका सुरक्षा विज्ञको यो भ्रमण पनि भारतको ट्रयाक २ कूटनीतिको एक पाटो हुनसक्ने अडल परराष्ट्र अधिकारीहरुको छ ।

सम्बन्धित शिर्षकहरु