मधेसी मोर्चाले गर्यो यस्तो निर्णय

a}7s  ;+o'Qm nf]stflGqs dw];L df]rf{sf] laxLaf/ l;+xb/af/df a;]sf] a}7sdf ;xefuL g]tfx? . tl:a/M l;aL clwsf/L /f;;

काठमाडौँ, आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउन सीमानाका राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकपछि मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम दलितलगायतका समुदायको मागप्रति सरकार र प्रतिपक्षीदल गम्भीर नभएको भन्दै अधिकार प्राप्ति नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

उनले इन्धन र ग्यासको कालोबजारी बढेको र जनताले दुःख पाइरहेको अवस्थामा पनि आफूहरुको मागप्रति कुनै सुनुवाइ नभएको भन्दै वार्ताबाट समस्या समाधान गर्न सकिने भएकाले त्यसका लागि ठोस प्रस्तावका साथ आउन सरकार र प्रमुख दललाई आग्रह गरिएको उल्लेख गरे ।

मोर्चाले बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

मोर्चाको बैठकले विद्यालय/क्याम्पसलाई बिहानको समयमा कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै विद्यालय र क्याम्पसको पठनपाठन सुचारु गर्ने निर्णय भएको अध्यक्ष यादवले बताए।

सम्बन्धित शिर्षकहरु