होस्टल रिटर्नस् चलचित्रको पुन: प्रदर्शन(भिडियो सहित )

असनेपालन्युज ,सिड्नी। होस्टल रिटर्नस चलचित्र को माग बढेपछि सोमवार पुन: सिड्निमा प्रदर्शन गरिएको छ । दर्शक हरूको विषेश आकर्षण बनेको सो चलचित्रलाई सप्ताहान्न वाहेकको दिन सोमवार प्रदर्शनमा राखिंदा पनि राम्रो

दर्शकहरूको उपस्थिती बढेको सो चलचित्र प्रदर्शनकर्ता मध्येका एक गोबिन्द भण्डारी असनेपालन्युजलाई बताउनुहुन्छ । सिडनिको हर्ट्स्भिल स्थित सिभिक थिएटर मा सो चलचित्र प्रदर्शन गरिएको थियो ।

सिड्निमा होस्टल रिटर्न्स चलचित्र र दर्शक प्रतिकृया

अष्ट्रेलियामा चलचित्रलाई अत्यधिक रूचाइएको पनि उनले जानकारी दिए । चलचित्रमा कलाकारहरूको जीवन्त अभिनय रहेको भन्दै उनीहरूले नेपाली चलचित्र उद्योगमा ‘होस्टेल रिटर्न्स ’ नयाँ आयाम भएको प्रतिक्रिया दिए । चलचित्रको सवै पक्ष उत्कृष्ट छ । ‘कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ । चलचित्रमा सवैले एकदम मेहनत गरेको देखियो’ दर्शकहरूको प्रतिक्रिया उद्धृत गर्दै भण्डारीले असनेपालन्यूजलाई भने11261203_1087569414600591_2172632442176020356_n ।
11960080_1087569641267235_6121402497805684413_nयसअघि दुईवटा चलचित्र ‘ब्याक टु ब्याक’ हिट दिईसकेको दुर्गिस फिल्मस्को ब्यानरमा बनेको तेस्रो चलचित्र हो ‘होस्टेल रिटर्न्स ’ । चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ र शशी श्रेष्ठलाई देख्न सकिन्छ । टिनएजरहरूको कथा बोकेको चलचित्र ‘होस्टेल रिटन्र्स’ भाद्र चार गतेबाट नेपालका मुख्य फिल्महलहरूमा प्रदर्शनमा आउने छ । 11954792_10205097435295879_3978659222892874164_nचलचित्र ‘होष्टेल रिटन्र्सको निर्देशन सुजर भुषालले गरेका हुन् । यसअघिका चलचित्र झै होस्टल रिटर्न्समा पनि निकै मेहनत गरिएको चलचित्रका निर्माता सुनिल रावल जानकारी गराउँछन् । आफ्ना सबै चलचित्रहरुले राम्रो ब्यापार गरेको बताउदै उनले भने ‘मन देखि चलचित्र बनाउनु पर्छ दर्शकलाई अवश्य मन पर्छ, होस्टल रिटर्न्स पनि हामीले मनदेखि बनाएको सिनेमा हो।’

IMG_9846
दर्शकको समिक्षा

संयोगान्त र वियोगान्त दुबै कथा वस्तुको समिश्रण रहेको यो चलचित्र असाध्यै रोचक छ । यसमा हेर्दा हेर्दै कहिले हासिन्छ कहिले थाहा नपाई दु:खले मुटु भक्कानिन्छ । सबै उमेर समुहका लाई यसले भरपुर मनोरन्क्जन दिन्छ ।
अन्यको नजरमा यो चलचित्र
चलचित्र युवा जमातलाई लोभ्याउने खालको छ । भरपुर मनोरन्जन दिने खालको छ तर पनि यसमा ‘पण्डित ‘लाई शुरुमा गिज्याएको प्रसङ्ग अलि अतिरन्जित जस्तो देखिन्छ । यस्लाई अलि सिस्ट बनाउन सकिन्थ्यो । यस्तै केटीहरूले सबैलाई धोखा दिन्छन् भन्ने आभाष नदिलाउने गरि ‘डाइलग राख्न सकिन्थ्यो । अन्त्यमा धोकाको बदलामा विचको मान्छे पर्नु हुन्न भन्ने ‘डाइलग ‘ साह्रै राम्रो छ तर सत्य निष्ठा हरेक कुरा भन्दा माथि हुन्छ , अन्त्यमा सत्य पनि एउटै हुन्छ भन्ने कुरा चलचित्र निर्माता हरू सबैले आजको समयमा बुझ्नै पर्छ ।
ब्यापारीले स्कुललाई खुला ब्यान्क चेक दिदैन बरू दान भनेर दिन सक्छ , अतिकती सच्याउने ठाउँं त्यहा देखिन्छ । समग्रमा यो एउटा नयाँं प्रयोग हो निर्माता , निर्देशक र कलाकार सबैलाई बधाई । अस्ट्रेलियामा यस्तो चलचित्र झिकाएर समुदयामा नेपाली पन र सद्भभाव बढाउने कार्यमा सघाउने गोबिन्द , विनोद तथा अन्य समुह धन्यवादको पात्र हुन्।

सम्बन्धित शिर्षकहरु