


असनेपालन्युज । सिड्नी अष्ट्रेलिया
‘परदेशिको उमङ्ग ‘ चलचित्र सिड्नीमा भव्यताका साथ प्रदर्शन भएको छ ।सो चलचित्र हेरिसके पछि दर्शकहरू भकानिंदै वाहिरिएका थिए । चलचित्र अत्यन्त्य राम्रो भएको र चलचित्र बनाउने हो भने यस्तो पो बनाउने भन्दै सबैले संचारकर्मिहरूलाई प्रतिकृया दिएका थिए ।
असनेपालन्युजको प्रायोजनमा प्रस्तुत गरिएको चलचित्र हेर्न आउनेहरूले अस्ट्रेलियामा मात्रा नभएर विश्व भरिका नेपालीहरूको यसले मन छुने बताए । नेपाली दर्शकहरूको बाक्लो र उपस्थिती रहेको सो चालचित्र हेर्दा एक ‘एयर क्याप ‘निशुल्क पाए पछि सबै अत्यन्त खुसि देखिएको दर्शक शम्भु पोख्रेल बताउनु हुन्छ । न्यु साउथ वेल्सका महावाणिज्य दुत दिपक खड्का ले यस्तो चलचित्र लाई प्रत्येक शहरमा पुर्याएर जनचेतना जगाउनु पर्ने बताउनु भयो । एन आर एन ग्लोवल प्रवक्त्ता रन्जु वाग्ले ले सबै धर्म र जात जाति भन्दा माथि उठेर बनाईएको सो चलचित्र सबै तर्फ प्रदर्शन हुनु पर्ने बताउनु भयो । नईफा का अध्यक्ष्य सागर अधिकारि , सकारात्मक सोचका अभियान्ता भीमसेन सापकोटा , पेन्सस कम्युनिटी का तर्फ बाट शम्भु पोख्रेलले चलचित्र निर्माता , निर्देशक तथा कलाकारहरूलाई बधाई दिनु भएको थियो । चलचित्र हेर्दा नेपाल चिनाउने टोपी निशुल्क , त्यसम्याथि पनि , सगरमाथा ,लालिगुरांस ,डांफे अन्कित टोपिले धेरैको प्रसंशा बटुलेको थियो ।
हामी प्रवासमा रहेर पनि आफ्नै देश नेपालको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग साथै विभिन्न क्षेत्रमा परोपकारीहात हरुअघि बढाउन सक्छौँ। नेपालका असहाय वालवालिकाहरू(शिशु नेपाल ) को सहयोगार्थ सिड्नीमा देखाउन लागिएको नेपाली चलचित्र “परदेशीको उमंग” प्रदर्शन गरिएको आयोजकले बताए । सो चलचित्रले नेपाली समाजमा सकरात्मक प्रभाव पारेको छ। साथै सो चलचित्र अत्यनतै संभावना बोकेको बताईएको छ।आयोजकका अनुसार चलचित्र बनाउनु मात्रै ठुलो नभई चलचित्रले समाजमा कस्तो सकरात्मक प्रभाव पार्यो भन्ने कुरा ठुलो हुने साथै समाजको वास्तविक परिस्थितीलाई यथार्थरुपमा उतार्नुले समाजमा चलचित्रले एक छुट्टै अर्थ राख्ने बताए। एक अनौठो र सत्य घटनामा अाधारित एक नौलो चलचित्र ‘परदेशि को उमङ्ग’एक मुस्लिम युवतिले र हिन्दू युवाले परिवार,समाज र देशमै विद्रोह गरेर विवाह गर्छन्। यो नेपाल अनि मुस्लिमहरूको देशको समेत चासो को विषय बन्छ,सर्वोच्च अदालत समेत यसमा मुछिएको छ । मुस्लिम युवति र नेपाली हिन्दू युवाको विवाहले परिवार , समाज र विश्वमै हलचल ल्यायो । अदालतहरू तानिए,संसारकै चासो बन्यो।के धर्म मानवता भन्दा माथि उठ्न सक्दैन र?अस्ट्रेलियामा परदेशिको उमङ्ग
सो चलचित्र परदेशि को उमङ्ग’ अब अस्ट्रेलिया को विभिन्न शहरमा प्रदर्शन हुंदैछ ।मनमै सिरिङ्ग कांडा उम्रने सत्य घटना हरू समेटिएको सो चलचित्र लाई अक्टोबर १५ , शनिवार ११ :३० मा प्रदर्शन गरिएको थियो । सो चलचित्र हेर्दा नेपालको झन्डा , लालिगुरांस , हिमाल अङ्कित टोपी समेत निशुल्क उपलब्ध हुने आयोजक ले जनाएका छन्।
सो चलचित्र कत्तिक १२ गतेबाट देश भर प्रदर्शनमा आउने छ। शिर्ष अभिनय विनीता बराल,कुमार बिसी को रहेको छ। अर्जुन पोखरेल र बि बि अनुरागिको संगित कुमार महर्जनको एक्सन,अर्जुन जि सि को सन्पादन,रबिन्द्र बरालको सिनेमट्रोग्राफी,कथा,निर्माता कुमार वि सी र लामो समय नृत्य निर्देशनमा सक्रय शिव शर्माले निर्देशन गरेको सो चलचित्र अवार्डका लागि छानिन सक्ने बताइएको छ ।








