एनआरएनए क्विन्सल्याण्डको यस्तो अनुरोध

अष्ट्रेलिया, विस्थापित हुन लागेको हस्तलिखित राहदानीको सट्टा मेसिन रिडेवल पासपोर्ट लागूहुने समय नजिकिँदै जाँदा एनआरएनए क्विन्सल्याण्डले अष्ट्रेलियावासी नेपाली समुदायका लागि हेल्पडेस्क राखिरहेको छ। उसले एमआरपी नबनाएकाहरूलाई सहजदा प्रदान गर्न डेस्क सञ्चालन गरिरहेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले आउँदो २४ नोवेम्वर देखि हस्तलिखित राहदानीलाई मान्यता नदिने घोषणा गरिसकेको छ । अष्ट्रेलियामा रहेका नेपाली समुदायले एमआरपी नबनाइसकेकाले एनआरएनए क्विन्सल्याण्डले यस्तो सहयोग गरेको हो । एनआरएनए क्विन्सल्याण्डले अगामी १५ अगष्टका दिन न्यूमार्क स्थित बोल्स क्लवमा डेस्क राख्न लागेको छ । विहान १० बजे देखि साँझ ५ बजेसम्म डेस्क सञ्चालन हुनेछ । त्यहाँ एमआरपी राहदानीका लागि आवेदन फारम समेत भराइने उसले जानकारी दिएको छ ।
विस्तृत विवरण यहाँ हेर्नुहोस् ।

अब छिट्टै बिस्थापित हुन लागेको हस्तलिखित राहदानीको सट्टा मेशिन रिडेबल राहदानी(MRP)मात्रै लागु हुने समय नजिकिंदै गर्दा अ…

Posted by NRNA Queensland Australia on Tuesday, 21 July 2015

सम्बन्धित शिर्षकहरु