चाँडै नै नेपालमा भेटौँलाः सन्नी लियोनी?

नेपालका लागि आफूले केही गर्न लागेको भन्दै बलिउड नायिका सन्नी लियोनीले आफ्नो फेसवुक पेज मार्फत खुलासा गरेकी छिन् । यद्यपी उनले के गर्न लागेकी हुन् केही खुलाएकी छैनन् ।

सन्नीले आफ्नो फेसबुक पेज मार्फत फेरि नेपाल आउन लागेको बताएकी हुन् । सन्नीले फेसबुकमा लेखेकी छिन्–‘नेपालका लागि विशेष, केही काम गरिरहेकी छु । चाँडै नै भेटौँला, नेपाल ।’

उनले भूकम्प पीडितहरूका लागि सहयोग गर्न लागेकी हुन सक्छिन् तर त्यसबारेमा स्पष्ट खुलाएकी छैनन् ।

बलिउडमा चलचित्र र आइटम नृत्यका कारण चर्चामा आएकी सन्नीको नेपालसँग पनि पछिल्लो पटक लगाव बढ्दै गएको छ । जसका कारण पनि उनी तेश्रो पटक नेपाल आउन लागेकी हुन् ।  सन्नी पहिलो पटक काठमाण्डौको सोल्टी होटलमा आयोजना भएको एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । यसपछि उनी नयाँ वर्षको कार्यक्रममा पनि नेपाल थिइन् ।
हेर्नुहोस् उनको स्ट्याटस्ः

Working on something special for Nepal….. #getsexy see you soon Nepal xoxo

Posted by Sunny Leone on Monday, July 27, 2015

सम्बन्धित शिर्षकहरु