अष्ट्रेलिया, ‘टीन एजर्स ‘दर्शकलाइ लक्षित गरी निर्माण गरिएको चलचित्र होस्टल रिटर्न्स अष्ट्रेलियामा आागमी अगस्ट १५ र १६ मा प्रदर्शन हुने चलचित्र यूनिटले जानकारी दिएको छ । ‘शायद’ र ‘होस्टल’ सफल भएपछि दुर्गिश फिल्मसले ‘होस्टल रिटर्न्स’ निर्माण गरेको हो । यो चलचित्र नेपालमा भने भदौ ४
गते रिलिज हुँदैछ । चलचित्र अष्ट्रेलियाको सिड्नीको सिभिक थिएटरमा लाग्ने यूनिटले जानकारी दिएको हो ।
सुरज भुषालद्वारा निर्देशन चलचित्रमा अधिकांश नयाँ अनुहार छन् । अष्ट्रेलियामा नमस्ते इभेन्टसले चलचित्रको अधिकार लिएको छ । चलचित्रका लागि अधिकांश टिकट अहिले नै बुकिङ भइसकेको नमस्ते इभेनट्सका गोविन्द भण्डारीले असनेपालन्यूलाई जानकारी दिए ।
चलचित्र बारेमा जानकारी लिन दर्शक हरूको उत्साह बढि रहेको सो चलचित्र प्रदर्शन आयोजक मध्येका एक सशाङ्क वस्याल असनेपालन्युज अनलाइन समाचार लाई बताउनु हुन्छ ।
यस्तै चलचित्रमा समेटिएका विषय नविन र आकर्षक रहेकाले यसको सफलताको अग्रिम लक्षण देखिएको असनेपालन्युज सँगको कुरकानिका क्रममा गोविन्द भण्डारीको प्रतिकृया छ ।
असनेपालन्युज सँगको कुरकानिका क्रममा ‘होस्टेल रिटन्र्स’ हिट हुन सक्ने केही आधारहरु मध्ये सार्वजनिक प्रोमोमा समावेश गरिएका संवाद पनि एक हुन् आयोजकहरू बताउनु हुन्छ :
‘होस्टेल’ फिल्म संवाद कै कारण हिट भएको थियो । सार्वजनिक ‘होस्टेल रिटन्र्स’ को दोश्रो अफिसियल ट्रेलरमा समावेश केही रमाईला संवादहरु यस्ता छन् ।
“तिम्लाई आज आम्मा पोईं बढा ह्याडन्सम देख्या छ !
मेरा बड्डाले मलाई इञ्जिनियर बन्न पठा हुंन कि तेरो हुलाकी बन्न पठा हुँन् ?
मन पराउँछे मलाई लजाएर गइ मोरी !
कस्तो यो नाम हो दाई यी खा के पिके ?
माथा खराब गर्छस् तँ ?
तेरो टाइपको केटी होइन त्यो बुझिस् ?
टाइपको बारेमा नसिका मलाई, तँ आइछस् बिचमा प्रोब्लम तँ सँग हो मलाई !
एटिच्युट साला तँ आफैं भित्र राख् !
हेइइइइइ अकेले छ भनेर हेपेको ?
ओ तेरी, पण्डित जी माभारतको पुरै सेना बोकेर आउनु भो त ?
बाँदर धेरै बाठो भयो भने अण्डा च्यापिएर मर्छ भन्ने कुरो…!!”
हेरौँ चलचित्रको ट्रेलर भिडियो यस्तो छ !
Song Tururu is a featured song from blockbuster Nepali Movie Hostel
Hostel Returns
Hostel Returns is a 2015 Nepalese teen romance film directed by Suraj Bhusal and produced by Sunil Rawal under Durgish Films banner. This film is a sequel to 2013 film Hostel and is based on the hostel life of civil engineering students. Wikipedia
- Initial release: August 21, 2015
- Director: Suraj Bhusal
- Music composed by: Swopnil Sharma
- Producer: Sunil Rawal
- Cast: Sushil Shrestha, Sashi Shrestha, Swastima Khadka, Sushil Sitaula, Abhaya Baral
- Screenplay: Sunil Rawal, Suraj Bhusal, Santosh Lamsal









