असनेपालन्युज ,सिड्नि।
सिड्निका साहसिक पर्यटन प्रेमीयुवाहरूले विगत वर्षहरूमा झैँ यो वर्ष पनि ‘वाराङ्गा देखि माउन्ट कुरुङगाइ सम्मको सात किलोमिटर पदयात्रा र तथा नेपाल प्राचार गर्दै सगरमाथा आरोहण दिवस मनाएका छन्। जसअनुसार ‘नेपालको दु:खमा सबैले केहि त गरौं ‘भन्दै नेपाली झण्डा र प्रचार सामग्री सहित वारङगा देखि माउन्ट कु रुङ गाई सम्मको शान्ति पदयात्रा गरेका थिए । सगरमाथा आरोहण दिवस पारेर मे २९ का दिन उनिहरुले यसरी पदयात्रा तथा नेपालको प्रचार अभियानलाई अगाडि बढाएका हुन्। सो अभियानमा अन्तर्गत पत्रकार भीमसेन सापकोटा को संयोजनमा मौसम विद विमल के सि , आइ टि इन्जिनियर कमल खनाल सहभागी बन्नु भएको थियो । सात किलो मिटरको दुर पैदाल यात्रा गरी माउन्ट कुरुङगाइ पुगेर फर्किएको सो टोलीलाइ नेपाली समुदायको तर्फ बाट सन्जिव पाण्डे , डा राजन क्षेत्री लागायतले सिड्निमा स्वागत गर्नु भएको थियो । साहसिक पर्यटनमा सहभागि हुँदै सगरमाथा दिवसको नाममा नेपालको पर्यटन प्रचार गर्ने लक्ष सहित सो अभियान ४ वर्ष अघि प्रारम्भ गरिएको हो। आगामि वर्ष सो टोलि अस्ट्रेलियाको उलुरु जाने तयारी भएको जनाइएको छ। नेपालीहरूको पहिचान साहसिक पर्यटन समेत भएकाले आफुहरू जहाँ रहे पनि त्यो देशको साहसिक पर्यटकिय गन्तब्य पहिचान गर्दै सगरमाथा र नेपालको प्रचारका लागि यो अभियान थालिएको र यो अभियान अस्ट्रेलियामा जारी राखिने टोलीका सहभागिहरूको भनाई छ। यस्तै गत वर्ष सगरमाथा आरोहणकै दीन सिड्नीको ब्लु माउन्टेनको पदयात्रा पछि सो टोलिले म्यानली विचमा नेपाली झण्डा फहराउंदै गरिएको कायाक दौड स्थानिय वासिन्दा र पर्यटक हरूका लागि आकर्षण बनेको थियो । सो कायक दौडमा भीमसेन सापकोटा ,राज
न क्षेत्रि ,बिमल के सि , सन्जिव पाण्डे ,सिरिस टाटर ,सन्जिव शर्मा लगायतको सहभागिता रहेको थियो । यो अभियान अस्ट्रेलियामा सजिलो सँग नेपाल चिनाउने परम्परा बनेको सहभागीहरूको भनाई छ। सन् २०११ देखि अस्ट्रेलियामा विभिन्न साहसिक पर्यटकिय गतिविधिमा भागलिँदै नेपाली साहसिक परम्परालाई निरन्तरता दीइंदै आएको छ। साहसिक पर्यटन मार्फत् नेपालको प्रचारका लागि अस्ट्रेलियाका नेपाली साहसिक युवा समुहद्वारा विगत ५ वर्ष देखि यस कार्यक्रमलाई निरन्तरता दिइंदै आएको छ । जस मुताविक नेपाली झण्डा र दौरा शुरुवाल सहित अस्ट्रेलियाको सबै भन्दा उचाइको स्काइ डाइभिङ्ग(२०११) एडभेन्चरिस्ट द्वय भीमसेन सापकोटा र राजन क्षेत्रिले यो अभियान शुभारम्भ गर्नु भएको थियो । यस्तै माउन्ट कोजुस्को को आरोहण(2012) तथा स्कुपा डाइभिङ्ग (२०१३),ब्लु माउन्टेन पदयात्रा तथा म्यान्ली विच कायक दौड (२०१४ ), वाराङा माउन्ट कुरुङगाइ पद-यात्रा तथा नेपाल प्रचार (२०१५ ) जस्ता साहसिक कार्य मार्फत सगरमाथा आरोहण दिवसको अस्ट्रेलियामा निरन्तरता दिईंदै आएको छ । यस कार्यमा अस्ट्रेलियास्थित नेपाली दुतावास तथा एन स डब्लु महावाणिज्य दुतावासको कार्यालयले समेत सहयोग गर्दै आईरहेको छ । नेपाली युवाहरु अस्ट्रेलियामा पनि साहसिक पर्यटन र्तर्फ जागरुक छन् र आफ्नो साहसिक पहिचान मार्फत नेपालको पहिचान अस्ट्रेलियामा तन्काउन उनिहरू कृयाशिल छन् भन्ने सन्देशका साथ आफुहरू यस अभियानमा लागेको

सहभागीहरू बताउछन् । नेपालको पर्यटन र सगरमाथा चिनाउन यो उचित कार्यक्रम् भएकाले आफुहरूले शुरुवात देखि नै उनिहरुलाई प्रोत्साहन गर्दै आएको न्यु साउथ वेल्सका महावाणिज्य दुत दीपक खड्का असनेपालन्युज लाई बताउनुहुन्छ ।मे २९, १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा तथा सर एडमन्ड हिलरि ले सगरमाथाको प्रथम सफल आरोहण गरेका थिए ।
विगत वर्षहरूमा अस्ट्रेलियामा मनाइएका सगरमाथा आरोहणका सम्झनाहरू !



(१४ हजार फिट उचाइ बाट नेपाली दौरा शुरुवाल र झण्डा सहित अस्ट्रेलियाली आकाशमा सबै भन्दा उचाइको “स्काइ डाइभिन्ङ” मार्फत नेपाली कीर्तिमान राख्दै । समुद्र माथिबाट फ्री फल गर्नु कहाली लाग्दो भएपनि रास्ट्रियता सङ्ग जोडिएको प्रसँगले मनमा हिम्मत भने हराएको थिएँन्। मुटु गाँठो पारेर बादल माथि खसेको त्यो क्षण सदैव अविस्मरणिय बनिरह्यो ।)








