असनेपालन्युज । चेतन पराजुलि
संयुक्त राष्ट्रसङ्घद्वारा विश्व ध्यान दिवस गरिएको छ
डिसेम्बर २१ को दिनलाई विश्व ध्यान दिवस भनेर मनाउने घोषणा गरिएको हो। नेपाल लगायत भारत तथा विभिन्न देशहरु सदस्य राष्ट्र भएको एक (यु एन ) समितिले अनुसार सो ध्यान दिवस घोषणा भएको हो। नेपालबाट उत्पन्न योग ध्यान तथा वैदिक दर्शनहरू विश्वजगतमा एकपछि अर्को हुँदै विश्वको साझा निधि बनिरहेका छन्। यसलाई जस-जसले संयुक्त राष्ट्र संघ(UN)मा लगेर घोषणा गराउन पहल गरे पनि यसको आदिभूमि अर्थात् मूल प्रादुर्भाव भूमि भने नेपाल नै रहेको कुरा सबैले स्वीकार गर्नै पर्छ । विश्व ध्यान दिवस मनाइयोस् भनेर यस अगाडि नेपालका विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले समेत पहल गरेका थिए। चाहे जोसुकैले पहल गरेको होस् यो दिवस मनाइने भएको छ।
एक ध्यानी साधु सन्त आध्यात्मिक मुमुक्षु तथा ध्यान प्रेमीहरुको लागि यो एकदमै खुसीको कुरा हो। यस अगाडि विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको तर्फबाट विगत पाँच वर्षदेखि नियमित रुपमा विश्व ध्यान दिवस भन्दै योगी आचार्य राजन शर्माले ६० देशका मानिसहरूको उपस्थितिमा काठमाडौँको स्वयम्भुमा गीता मन्दिरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संसार भरिबाट ध्यान दिवस घोषणा गर्दै सञ्चालनमा ल्याइएको थियो। यस्तै गरेर ओशो स्वामी अरुणद्वारा पनि विभिन्न समयमा यसलाई प्रस्ताव राख्दै आउनुभएको थियो। नेपालबाट योग दिवस मनाउने सौभाग्यको प्रस्ताव लिएर नेपाल सरकारको तर्फबाट जुट्न सकेन। तथापि ध्यान दिवसको भने प्रस्ताव गरेर नेपालले साथ लिन सक्ने नै छ भन्ने थियो। तर जे जसरी भएपनि नेपालमा उत्पन्न भएको यो योग महाविद्या लाई विश्व जगतले साझा अभ्यासको रुपमा यसरी स्वीकार गरेको छ । वैदिक दर्शनको एक तत्व ज्ञान , ध्यान जीव जगत र सनातन पद्धतिबाट उत्पन्न मानवको उन्मुक्तिको विद्या भएकाले यसलाई गौरवपूर्ण रुपमा लिइएको छ
सूर्य उत्तरायणतर्फ प्रवेश गर्न लागेको समयको आसपास पारेर डिसेम्बर २१ लाई ध्यान दिवस मानिएको हो। खास गरेर उत्तरायणका समयहरू उपयुक्त हुन्छन् शुभकामना माघ १ गतेदेखि करिब मार्ग अथवा मार्ग संक्रान्ति देखि सूर्य मकर राशिमा प्रवेश गर्छन्। र त्यस आसपासको समय विशेष गरेर संक्रान्तिको समय अथवा सूर्य एउटा अयनबाट अर्को कोणमा जाने समय भएकोले समयलाई चयन गरिएको हो। नेपालमा विभिन्न प्रकारका ध्यान शिविर सञ्चालन गरिँदै आएको छ।
विभिन्न संघसंस्थाहरुले यस्ता ध्यानका गतिविधिहरुलाई पनि सञ्चालन गर्दै आइरहेका छन् । विभिन्न संघसंस्थाहरुले यसरी ध्यान सञ्चालन गर्दै जाँदा नेपाल विश्व गुरु देश बन्ने तयारीमा अग्रसर भइरहेको भन्न मिल्दछ। विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS), ओशो तपोवन ध्यानयोग आरोग्य सञ्जाल, मनोक्रान्ति समूह ,जीवन विज्ञान, जीएसपीएसएस(GSPSS )नेपाल परिवार, जिएसबिएसएस विज्ञान भैरवतन्त्र परिवार, ब्रह्मकुमारी राजायोग ,हरे कृष्ण मिसन, योगा सन्जाल , पाटनजलि नेपाल , लगायत विभिन्न संघसंस्थाहरुले ध्यानलाई नियमित रुपमा सञ्चालन गर्दै आइरहेका छन् ।
नेपालमा उत्पन्न भएको र शिवजीले हजारौं वर्ष पहिला प्रथम ध्यान विधि विज्ञान भैरवतन्त्रलाई हिमवत खण्डबाट उत्पन्न भएको यस ध्यानविधि नेपालकै भुमिमा उत्पन्न भएको मानिन्छ । नेपालीहरूद्वारा यस साधनाको लाभ लिनुपर्ने बताउँदै यसलाई नियमित रुपमा ब्रह्म मुहु तन्त्र ध्यान सञ्चालन हुँदै आएको छ। विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले योगी आचार्य राजन शर्माज्यूको निर्देशन र प्रत्यक्ष मार्गदर्शनमा नित्य ध्यान शिविर सञ्चालन गर्दै आएको छ । हरेक दिन बिहान विश्वका आठवटा समय केन्द्रलाई आधार मान्दै ब्रम्ह मुहुर्तमै नित्य ७ वर्ष देखि विश्वभरिका मानिसहरूलाई जोडेर विश्व शान्ति आध्यात्म विज्ञानले हजारौंका विच तन्त्र ध्यान सञ्चालन गर्दै आएको छ। जे भयो “विश्व भरका ध्यान प्रेमिहरुको सम्मान भयो , धर्तिमा एक नयाँं ईतिहास बन्यो ,यो सबैको लागि सुखद पक्ष हो “-विश्व शान्ति अध्यात्म विज्ञानका संयोजक योगी आचार्य राजन शर्मा बताउंनु ह्न्छ ।
ध्यान दिवस मनाउंनै थियो त्यो भएरै छाड्यो स्वामि अरुणको भनाइ रहेको छ ।
विश्व योग दिवसको प्रस्तावलाई नेपाल सरकार प्रमुख मार्फत संयुक्त्त राष्ट्र संघ मा पुर्याउंन यस अघि नेपालका विभिन्न योगीजन मार्फत पहल गरिएको थियो । डा हरि प्रसाद मनासग्नि लगायतका योगीजनहरुले प्रयास गर्नुभएको थियो । विश्व ध्यान दिवस लाई बुद्द जयन्तिको पावन दिवसमा मनाउंन विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले विगत सात वर्ष देखि पहल गरेको थियो । विश्व ध्यान दिवसलाई त्यो समयमा हुन नसके पनि राष्ट्रिय ध्यान दिवस भने बुद्दा जयन्तिमा मनाउंनु बढि सान्दर्भिक हुने योगी आचार्य राजन शर्मा बताउंनु हुन्छ । माघ १ मा राष्ट्रिय योग दिवस समेत मनाउंने गरेको सोहि अवारमा विश्व ध्यान दिवस पनि पर्ने भएकोले राष्ट्रिय ध्यान दिवस भने बुद्द जयन्ति को दिन मनाउंदा , ध्यान विधा , बुद्द गरिमा र नेपाल गौरव थप बाध्न सक्ने बताईेको छ ।
विगत ५ वर्ष देखि निरन्तर ध्यान दिवस को लागि प्रयास गरिएको थियो यसको तरङ्ग प्रयत्यक्ष र अप्रत्यक्ष रुपमा यो दिवस घोषणा गराउंन सहायक बनेको योगी आचार्य राजन शर्मा असनेपाल न्युजलाई बताउंनु हुन्छ ।
विश्व ध्यान दिवस घोषणा गराउंन विश्व शान्ति अध्यात्म विज्ञान समाजले गरेका पहलका केहि जहलकहरु ।











