अष्ट्रेलियाली एक मेयरले भने नेपाली योगीको प्रवेशले आफ्नो शहरमा
मानसिक रोगीको संख्यानै घट्यो
असनेपालन्युज ,बाथर्ष्ट ।’ब्लेनि सायर काउन्सिल ‘का नगर प्रमुख ब्रुस रोनाल्डले नेपाली योगी द्वारा विगत वर्षौं देखि सन्चालित योग ध्यान र जीवन सचेतना कार्यक्रमले नगरका मानसिक रोगी र अश्वस्थहरुको संन्ख्या घट्न पुगेको बताउंनु भयो । यस नगर अन्तर्गत लिण्डहर्ष्ट स्थित नेपाली तपो धाममा आसपासपसका जेष्ठ नागरिक र अश्वष्थ व्यक्तिहरु बढी लाभान्वित हुन पुगेको तथ्याङ्क राख्दै उहांले सो धाममा आयोजित एक ध्यान तथा सांन्स्कृतिक कार्यक्रमका बिच सो कुरा बताउंनु भयो । “पशुपति बौद्दतपो धाम तथा विश्व शान्ति आश्रम ” लिण्डहर्ष्टमा आयोजित वलाचतुर्दशि तथा योग शिविर समापनको मुख्य अतिथिको रुपमा उहांले नेपाली योगी आचार्य राजन शर्माको प्रवेशले यो शहरमा रोगअनुरुपको योग , मानसिक तनावमा परेकाहरु , अन्य असाध्य रोगिहरुलाई प्राकृतिक चिकित्सा र आयुर्वेदिक भोजनको अवधारणा भित्रिएको बताउंनु भयो ।
“योग उत्पत्ति देश नेपालनै भएको सुन्दा आफुलाई नयाँं कुराको जानकारि भएको बताउंदै नेपाल भ्रमणमा जान आफु र आफ्ना नगरका व्यक्तिहरु उत्सुक रहेको मेयर ब्रुसले बताउंनु भयो ।सो अवसरमा विश्वलाई शान्ति र प्रेमको मलम लगाउंन सक्ने दर्शन नै योग भएको बताउंनु हुंदै आफु ॠषिहरुको
दुत मात्र भएको सो धामका प्रमुख योगी आचार्य राजन शर्माले बताउंनु भयो । योग उपचार , आयुर्वेद र प्राकृतिक चिकित्सालाई विश्वभर प्रवर्द्दन गर्दै आउनु भएको योगी आ

चार्य राजन शर्माले नेपाललाई विश्व गुरु देशको रुपमा विश्व माझ चिनाउंने अग्रणि अभियान “विश्व शान्ति तथा अधयत्म विज्ञान समाज सन्चालन गर्दै आउंनु भएको छ ।
अष्ट्रेलियामा पशुपति मन्दिर , गाई गौशाला र बुद्द स्तुपा स

मेतको समेतको स्थापना गर्नु भई नौलो नेपाली ईतिहास बनाउंनु भएका उहांले सो धाममा

अष्ट्रेलियाली हरुलाई नि:शुल्क सात्विक भोजन , योग ध्यान तथा चिकित्सा सेवा प्रदान गर्दै आउंनु भएको छ ।
सो अवसरमा नेपाली समुदाय डब्बो , बाथर्ष्ट , सिड्नी तथा अन्य भारतीय र फिजीयन समुदायका अगुवाहरुको समेत सहभागिता रहेको थियो । पशुपति बौद्द तपोधाम अष्ट्रेलिया र नेपाल जोड्ने एक अध्यात्मिक , सांष्कृतिक बहुसामुदायिक गन्तव्य बनेको छ ।












