विश्वभर विश्व शान्तिको आयुर्वेदको लहर
असनेपालन्युन । श्रीराम राई
हजारौं युगहरुको अनुभव र करोडौं विज्ञहरुको सुन्दर उपहार हो आयुर्वेद । धर्तिमा उत्पन्न भएका रोगको उपचार गर्न सहायक जडिबुटि धर्तिमै रहेका छन् भन्ने विश्वास आयुर्वेदको र प्राकृतिक चिकित्साको छ । मानिसको शरीर ब्यक्ति अनुसार फरक हुन्छ । तसर्थ हरेक ब्यक्तिलाई एउटै औषधी उपयोगी नहुन सक्छ तर बात, पित्त र कफ अनुसार जडुबुटि प्रयोग गरिएमा रोगको रोकथाम , तथा उपचारनै संभव देखिएको छ । यसैलाई मध्यनजर राखि सबैको जिज्ञासा र योग शिविरको प्रयोगात्मक नतिजा स्वरुप यो सामग्री तयार पारीएको हो। ब्यक्ति र रोग अलग हुने भएकाले यसलाई तपाईं जानकारीको रुपमा लिनु होला । रोकथामको चरण पार गरिसकेकाको हकमा र असाध्य रोग लागि सकेको खण्डमा भने नजिकको आयुर्वेद विषेशज्ञ वा चिकित्सक सँग परामर्श लिएर मात्र यसको प्रयोग गर्नु होला। सबैको जीवन आरोग्यमय हुनसकोस्। रोग लागे पछि आत्तिनु भन्दा लाग्नु अगावै प्रतिरोधात्मक शक्ति बढाउंनु बुद्दि मानि हो । –
प्रकृतिसँग हामी जति नजिक बन्छौं । त्यतिनै जीवन सरल , सरस ,आरोग्य र दिव्य बन्दै जान्छ । धर्तिका हर जीवहरुको समस्याका समाधान प्रकृतिसँग छ । अनन्न्त ब्रम्हाण्ड र प्रकृतिमा निहित यस अमृत उर्जा र पञ्चमहाभुतको दिव्यताको सदुपयोग गरि मानव सभ्यता उकास्ने एक जीवन चिकित्सा , ज्ञान र चेतन तत्त्वको उपयोग माहाज्ञान नै आयुर्वेद हो ।
आयु =जीवन, वेद =परम ज्ञान । जीवनको परम बोध नै आयुर्वेद हो । यस बारेमा आयुर्वेद , योग तथा प्राकृतिक चिकित्साका विशेषज्ञ , प्राध्यापक र अन्तर्राष्ट्रिय प्रवर्द्दक प्रा योगी आचार्य राजन शर्माज्यु सद्गुरुदेव द्वारा देव भुमि नेपाल धरा धामको अमृत ज्ञान पहिला देव भुमिका सन्ततिलाइ” भनेर शुरु गरिएको नि:शुल्क आयुर्वेदिक ज्ञान निरन्तर चलिरहेको छ । यस अन्तर्गत श्रव्यद्रिष्य प्रशिक्षणका भिडियो सामग्रि यसप्रकार छन्। आफु अध्ययन गरौं र अरुलाई पनि अध्ययन गर्न जोडेर पुण्य लाभ गरौं । हाल ४५ राष्ट्रका हजारौंले प्रत्यक्ष रुपमा अष्ट्रेलियास्थित पशुपति बौद्ध तपोधाम बाट र अप्रत्यक्ष रुपमा हरेक हप्ता विहीवार नेपाली विहान ५ बजे देखि अनलाईन मार्फत विश्वभर सन्चालन हुने यस नि:शुल्क प्रशिक्षणमा सहभागि बनेर लाभ लिन यो जुम लिङ्कमा जोडिन सकिन्छ । zoom ID :81882217949, Password:gspss , Registration link
सहजताको लागि सो दिव्य प्रशिक्षणको भिडियोहरु यसप्रकार छन्।








