सुखसुत्र
प्रस्तुत पुस्तकका लेखक आचार्य श्री राजन शर्माका हाल सम्म कै चर्चित एवं लोकप्रिय पुस्तकहरु मध्ये, ‘सुखसुत्र’ अग्रण्ी स्थानमा पर्न आउँछ । पहिलो संस्करण मै, १०,००० प्रति मुद्रण गरिएको यस पुस्तक, स्वदेश एवं विदेश दुबैतर्फका नेपाली जनहरुको, सर्वाधिक रोजाइमा पर्ने गरेको छ।
यही रोजाइलाई मध्यनजर गर्दै, पुस्तकको अंग्रेजी अनुवाद, Key to Happiness तयार भइ, हाल नेपाली र अंग्रेजी दुबैभाषीका लागि बजारमा उपलब्ध छ । वर्तमानको चरम भौतिकवादी दुनियाँ अनि यसको नकारात्मक असरबाट थिलथिलो भै, किं–कर्तब्यबिमुढ बनेका खासगरी, किशोरकिशारी तथा युवावर्ग लगायतलाई समय छदै, उचित मार्गमा डो¥याउन, प्रस्तुत पूस्तक हदै सम्म सहयोगी बन्न सकेको आभास भएको छ । यद्यपि पुस्तक सबै उमेर समुहका माझ लोकप्रिय भएको, सहजै अनुमान गर्न सकिन्छ । जसरी गणितका कयैन हिसावहरु विना सुत्र हल गर्नै सकिन्नन्, ठीक त्यसै गरी जीवनका कतिपय नीजि, भौतिक, सामाजिक एवं आध्यात्मिक पाटोलाई एकसाथ, सन्तुलित एवं सहज रुपमा अगाडी बढाउन पनि, सु–स्पष्ट तथा प्रयोग सिद्ध सुत्रहरुको जरुरत पर्ने रहेछ ।वस, त्यसैलाई मध्यनजर गर्दे तयार पारिएको, प्रस्तुत पूस्तकमा २४ वटा फरक शिर्षकहरु समेटिएका छन । शिर्षकहरु आफैमा उत्प्रेरणका वारुद झै, उर्जावान भएर चिरनिन्द्राबाट झस्काइ दिने खालका छन् । अनुच्छेद भित्रका पनि प्रत्येक शब्द, हरफ अनि बाव्यहरु समेत ‘आहा ⁄ ए हो त नि ? लौ हेर, यति सजिलो पो रैछ ?’ भन्ने किसिमले, आफ्नै जीवनको भोगाइहरुलाई पुर्नःसमिक्षा गर्दे अघि बढ्न प्रेरणा एवं उर्जा जगाइदिनेछ । पूस्तक पढिसके पछि लाग्दछ कि, लेखकले केवल आत्मानुसुख वा चर्चा कमाउन नभै, हाल ब्याप्त निराशा, अन्धकार अनि मार्ग विहिन भै भौतारिएका मनहरु सहित, असल मार्गको खोजीमा रहेका तमाम मानवहरुलाई, यथा सम्भव ब्यवहार परक उर्जा एवं शितलता प्रदान गर्न कै लागि गरिएको, सत्प्रयास मान्न कर लाग्छ । धर्तीमा जन्म लिएका प्रत्येक मानिसको खास क्षमता रहेकै हून्छ र तिनलाई यथा समय मै उजागर गर्न केही सुत्रवद्ध प्रयोग एवं तद्अनुरुपको दृढ ईच्छाशक्ति आवश्यक पर्दछ, भन्ने मान्यता पूस्तकले राखेको पाइन्छ ।पुस्तक, जम्माजम्मी १३८ पृष्ठ, हल्का एवं आर्कषक आकारमा भएकाले, घरमा मात्र नभै, कतै यात्रामा निस्कदा समेत, अध्ययन गर्न सहज हुनेछ । कुनै पनि शिर्षकका आलेखहरु पट््यार लाग्दा ((१ देखि ३÷४ पाना सम्म) छैनन । बरु नदी झै सलल, रसपूर्ण एवं मिठास शैलीमा वगेका छन्, शब्दरुपी तरङ्ग तथा भावहरु । प्रत्येक रचनाको शुरुवात नै कुनै महापुरुष, दार्शनिक वा सत्पात्रद्धारा उद्गारित प्रेरणदायी भावबाट गरिएको छ । त्यसै गरि प्रत्येक लेखको अन्त्यमा, उक्त शिर्षक अन्तर्गतको शारांस खिचिएको छ । ताकी निचोडबाट मात्र पनि, कुनै पाठक तथा अध्ययन साधनानुरागी प्रभावित हुन सकोस । पुस्तकलाई यति धेरै वस्तुगत एवं तथ्यमुलक बनाउने प्रयास गरिएको छ कि, अनुभवजन्य तथ्यहरु, जीवनभोगाइका यावत रहस्यहरु र तिनबाट सिक्न सकिने प्रेरणा अनि नीतिशास्त्र समेतको पृष्ठभूमिमा, ब्यवहारीक उदाहरण एवं प्रसङ्गद्धारा पुष्टि गर्ने प्रयास निकै प्रशंसनीय छ । पुस्तकको मुल्य केवल चारसय तय गरिएको छ । र खर्च कटाइ प्राप्त हुने रकम मध्ये पनि निश्चित प्रतिशत लोककल्याणकारी एवं सेवामुलक संस्था तथा क्षेत्रहरुमा प्रदान हुँदै आएको छ ।
पूस्तकको पहिलो शिर्षक नै, जो कोहीलाई झस्काइ दिने खालको छ । ‘शत्रु सँगको मित्रता नै, शत्रुताको अन्त्य’ भन्ने शिर्षकबाट शुरु गरिएको पूस्तकको अन्त्यमा चाही, ‘हरेक श्वासमा खुशी मनाउ’ भन्दै आलेखहरुको विट मारिएको छ । त्यस्तै, ‘दुख अभिसाप हैन वरदान’ भन्दै अर्को शिर्षकमा, जीवनमा जतिधेरै भोगाइ हण्डर एवं ठक्कर लाग्न सक्यो, उति नै उचाइ लिन सकिने तथ्यहरु, प्रेरणादायी किसिमले प्रस्तुत गरिएका छन । त्थस्तै पुस्तकको बीचमा कतै, ‘तिल जत्रो आनन्द लिन पहाड जत्रो दुख’ भन्ने शिर्षक अन्तर्गत हाम्रो जीवनका महत्वपूर्ण क्षमता, उर्जा र सारा समय, नबुझी नजानीकन कतै त्यत्तिकै खेर त गैरहेको छैन, भनी वेजोडले झस्काइदिने प्रयास भएको पाइन्छ ।त्यस्तै ‘दुख वा सुख दृश्यमा हैन आफ्नै दृष्टिमा’, ‘मानिस आफ्नै कारणले बढी दुख्ने गर्छ’ र अर्को चाही ‘सारा दुख नराम्रा कर्मको भूक्तानी’ भन्दै सुख र दुख किन अनि के का लागि आउने गर्छन र तिनको सम्बन्ध हाम्रो जीवनमा के कस्तो सम्म रहन्छ भनी, तथ्यगत रुपमा पुष्टि गर्ने प्रयास गरिएको छ । अर्कोतीर, ‘संकटको समाधान यो क्षण पनि टरेरै जान्छ’ र ‘सुन्दरता छालामा (रुपं) होइन मनको गहिराइमा’ भन्ने दुइ शिर्षकले, हरकोहीलाई जीवनमा सही एवं सार्थक भाव तथा चिन्तनको महत्व र यसैको जगमा निर्माण हुने, संयम र धिरताको तत्वबोध गराइ दिएको छ । हालको भौतिक तथा देखावटी जगतमा कयैन ब्यक्तिहरु आफ्नो रुप रंङ्ग हैसियत अनि बैभवतालाई लिएर, कोही अन्य सँग तुलना गर्दै दुखी हुने कुरालाई सिधै नर्कादछ, पुस्तकले । ‘हास्न सिक्नुहोस् जीवन सुन्दर रहनेछ’ भन्दै आम रुपमा सामान्य मान्ने गरिएको हाँसोको महत्व अनि मर्मलाई तथ्य र उदाहरणले पुष्टि गरिएको छ । यसै र यस्तै नै गरी अन्य शिर्षकहरु र त्यस भित्र शब्द एवं भाव रुपी उर्जाका वारुदहरु पुस्तकमा यत्रतत्र बिछ््याइएका छन् । जस्ले हरकोही पाठक एवं श्रोता समेतलाई जुरुक्कै उचाल्न र बाटो मोड्न प्रयाप्त आधारहरु दिनेछन, मार्ग प्रशस्त गर्नेछन् ।
सोच अर्थात् बुझाइको जगबाटै ब्यक्तिले आफ्ना लागि सबै कुरा तय गर्ने गर्दछ । र कुनै एक सोच मात्र पनि, जीवनको बाटो बदल्न प्रर्याप्त भैदिन्छ । यहाँ त (सुखसुत्र नामक पुस्तकमा, त्यस्ता सयौं अनुमानै नगरिएका रहस्यमय एवं भोगाइजन्य अनुभवीय तथ्यहरु, विचाररुपी बारुदको रुपमा प्रस्तुत गरिएका छन् । जस्ले हरकोहीको विचार र बाटो बदलिदिने तागत राख्दछ । प्रस्तुत पुस्तक पढिरहँदा, पलपलमा आहा यस्तो पो सोच चिन्तन अनि जीवन जीउने कला भन्ने लागि रहन्छ । यसै क्रममा, कही न कतै पुगेर अब त जीवन बदल्नै पर्छ भन्ने भावका सााथ, जीवन जगाइ दिेनेछ । सुखसुत्रको रुपमा पुस्तकले ब्यक्ति भित्र निहित असीम शान्ती, खुशी र आनन्द जगाइदिने क्षमता राख्दछ । यदाकदा, सामान्य छपाइ त्रुटी बाहेक पुस्तक, पाठकमैत्री त छदैछ, सँगै जीवन भरको सारथी बन्नेछ ।
पुस्तकका लेखक आचार्य श्री राजन शर्मा केवल लेखक मात्र नभै, बहुआयमिक ब्यक्तित्व हुनुहुन्छ । उहाँ अन्तराष्ट्रिय योग एलाइन्सका सुपरिचित ब्यक्तित्व, आयुर्वेद तथा प्राकृतिक चिकित्साका ज्ञाता तथा ब्यवहारिक उपयोगकर्ता, खगोल एवं वास्तु विज्ञका साथै प्रेरक÷सहृदयी वक्ताको पहिचान, निर्माण गर्नु भएको छ । प्राचिन ज्ञान र साधनारुपी खजानाहरुलाई विकाउ वस्तु सरह ब्यापार तथा लेनदेनको विषय बनाइनु हुन्न भन्ने माल्यतामा अडिग आचार्य श्री, नेपाल कै त्यही गुमेको साख एवं प्रतिष्टालाई पुनः उचाइमा पु¥याउन, नेपाललाई योग गुरु र गन्तब्यको देशको पहिचान कायम गराउंदै, विश्व ध्यान दिवसको घोषणाका लागि नेपाल कै तर्फबाट पहल होस भनि हरसम्भव प्रयत्न गर्दै आउनु भएको छ । रहर वा बाध्यताले विदेशिएका हरकोही नेपालीलाई भन्ने गर्नुहुन्छ कि, ‘सानी आमालाई (विदेशी कर्मभूमि) पनि माया गर्नुस तर त्यस भन्दा पहिला, आफ्नी आमा अर्थात् जन्मभूमिलाई कदापि नविर्सौ, बल्कि थप माया र सम्मान दिउ, सक्ने क्षेत्रबाट सघाउ, मद्दत गरौ’ ।
सबैको सदा जयहोस ।








