धर्ती जगमगाएको दिवस। विश्व गुरु देश नेपालको अर्को एक उचाई ।विश्व ध्यान दिवस

असनेपालन्युज ,राम भक्त्त घिमिरे ।

धर्ती जगमगाएको दिवस। विश्व गुरु देश नेपालको अर्को एक उचाई ।
विश्व ध्यान दिवसको उपलक्ष्यमा भूगोल भरिको प्रतिनिधित्व । एकै साथ ध्यान उर्जा मार्फत विश्व जोडिएको दिन । नेपाल र अनेकौं अध्यात्मिक अगुवा, योगि, अमेरिकि प्रतिनिधि सभाका सदस्य, देखि एन आर एन अध्यक्ष्
,महामहिम राजदुत, माहावाणिज्य दुत देखि,अष्ट्रेलिया वेलायतको अध्यात्मिक संगित समुहको प्रस्तुति। दुई वर्ष अघि स्वयंभुको गीता मन्दिर बाट ६० देशको सहभागीतामा विश्व भर मनाउंन शुरु गरिएको विश्व ध्यान दिवसले थप उचाई कायम भएको छ । शिव ,बुद्द ,गोरक्ष,अष्टावक्र ,जनक, व्यास तथा अनेकौं महान आत्माहरुको पाईला परेको नेपाल धरा-धाम नै विश्व गुरु देश , योग उत्पत्ति धाम हो । यो सुन्दर दिवसको सपना साकार पार्न साथ दिनुहुने हर एक मन र सचेत उर्जालाई यो दिवसको अगुवाई गर्नुहुने योगी आचार्य राजन शर्माले देश विदेशका हर अतिथि र सहभागि प्रति आभार प्रकट गनु भयो ।

विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजले यहि जेठ १० गते जुम प्रविधिको सहयोग मार्पmत हजारौको उपस्थितिमा विश्व ध्यान दिवस यसरि मनाएको हो । मन र चित्तलाई शान्त बनाउन ध्यानको विकल्प नभएको र शान्ति चाहने हो भने यो बाहिर खोजेर भेटिंदैन आफै भित्र खोज्नु पर्दछ भन्ने मान्यतालाई विश्वभर फैलाएर विश्वमा शान्ती फैलाउने यो महान विद्यालाई सार्थकता दिन यो कार्यले महत्वपूर्ण भुमिका खेल्ने आयोजकले जनाएका छन् ।
मनलाई शान्त बनाउनका लागि ध्यान सबै भन्दा उत्तम मार्ग हो । ध्यानबाट नै ज्ञानको प्राप्ती हुन्छ । संसारलाई यस्ता महाज्ञानको उपदेश दिने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको जन्मजयन्ती अर्थात् बुद्ध जयन्तीको पावन दिनमा भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै यस बुद्धजयन्तीको अवसर पारेर विगत दुई वर्ष देखि २०७८ साल जेठ २ गते नेपालको गीता मन्दिर स्वयमभूबाट विश्व शान्ति तथा अध्त्यात्म विज्ञान समाजका संरक्षक विश्व योग गुरु आचार्य राजन शर्मा ज्यूको पहलमा विश्व ध्यान दिवसको घोषणा भएको थियो।

त्यसैको निरन्तरताको लागि २०८१ साल जेठ १० गते बिहिबार (तदनुसार सन् २०२४ मे २३ तारिकका दिन) नेपाली समय विहान ५ बजे विश्वको ६० भन्दा वढि राष्ट्रबाट एकै साथ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) ले विश्व योग गुरु आचार्य श्री राजन शर्मा ज्यूको प्रत्यक्ष उपस्थितिमा तेस्रो विश्व ध्यान दिवस मनाएको हो । यस अवसरमा आयोजकले संसारभरका नेपाली तथा विदेशी योग तथा ध्यानप्रेमीहरुलाई दिएको समय र जुम आईडीमा चुलै निमनत्रणा गरेको थियो । ध्यान गरौं र जीवनलाई आनन्दित बनाऔं, भन्दै कतारका महामहिम राजादुत , अमेरिकाका सासद डा ह्यारि, महावाणिज्यदुत ॠषि ढकाल , स्वामि अरुण, डा क्षितिज बाराकोटि,डा राजु अधिकारि,व्यासआचार्य चैतन्य कृष्ण ,एनआर एन ए अध्यक्ष अनिल पोख्रेल ,मानव सेवा आश्रमका अध्यक्ष राम्जी अधिकारि,योग आलयन्स अष्ट्रेलिया बाट ,शितेन , सिन्डी , जुली ,जरोकिलो प्रतिस्ठानका प्रमुख तथा काठमाण्डौं विश्वविध्यालयका सह प्राध्यापक डा निर्मलमणि अधिकारि, महात्मा शुशिल , स्वामि आध्यपथिक,योगी तारानीधि पन्त , योगी वेदमणि ,अंबिका बाईजी , लगायतले ले योगी आचार्य राजन शर्माको ‘जिसपिएसएस’ अभियानको सफलता कायम गर्दै राष्ट्रिय र वैश्विक रुपमा विश्व शान्ति दिवस मनाउंन सबैले ऐक्यबद्दता जनाउंनु भयो ।
सोहि दिवसमा लुम्बिनिमा मन्त्रि जीएसपिएस परिवारले प्रधानमन्त्रिलाई विश्व ध्यान दिवस घोषणा गर्न ज्ञापन पत्र प्रदान गरेको थियो ।
हरेक दिन अष्ट्रेलिया ,नेपाल , कतार , ईजरायल ,वेलायत , अमेरिका देशका ब्रम्हमुहुर्तमा नित्य तन्त्र धारणा ध्यान ,योगका विविध वैश्विक योग्यताका कक्षाहरु ,उपनिषद ,खगोल विज्ञान , उद्घोषणा कला , वैदिक गणित ,सन्स्कृत लगायत १४ विषयहरुमा नि:शुल्क अध्यापन गर्दै आएको छ ।
जुम आइडिः 81882217949 र पासवर्ड रहेको छ : gspss

विश्व ध्यान दिवसमा हजारौंका विच प्रयोग गरिएका सात दुर्लभ ध्यान विधिहरु

https://ausnepalnews.com/2024/05/96189.html

Photos of the day :

सम्बन्धित शिर्षकहरु