अष्ट्रेलियामा नेपाली परम्परा अनुरुपको मौलिक डोलि र घोडचढि विवाह
असनेपालन्युज, सिड्नी ।
सरोज गौतम
आफ्नो मौलिक परम्परा अनुरुप अष्ट्रेलियामा पहिलो पटक डोलि र घोडचडि विवाह प्ररम्भ भएको छ । यसै अनुरुप नेपाली समुदायका सकृय युवा नविन गौतम र वर्षा गौतमले रात्रिवास समेतको प्रबन्ध मिलाएर यस्तो विवाह सम्पन्न गरेका हुन् । अष्ट्रेलियाको लिन्डस्ट स्य्थित पहिलो नेपाली तिर्थ धाम तथा गौशाला “पशुपति बौद्ध धाम तथा विश्व शान्ति आश्रमले प्रारम्भ गरेको मौलिक सेवालाई सदुपयोग गर्दै आफुहरुले घोडचडि विवाह सम्पन्न गरेको गौतमले बताए ।
सो तिर्थ धाममा रात्रिवासका लागि जन्ति लगेर, कसार लडाउने , पुर्वाङ्ग कर्म, एक दिन अगाडिको ग्रह शान्ति सँगै बेहुलिलाई कार्पेस (डोलि) चडाएर र बेहुलालाई घोडा चडाएर अन्माईएको थियो ।
मौलिक परम्परा विलिन हुंदै गएको वर्तमान परिवेशमा ,परम्परा र पूर्ण विधी पालन गर्दै सम्पन्न सो विवाह स्थल नेपाल र नेपालीकै गौरव बनेको समुदायको अगुवा विनोद मैनालि बताउंनु हुन्छ ।
पहिलो नेपाली स्तुपा पशुपति मन्दिर रहेको सो स्थानमा ४० गाई , भेडा, बाख्रा लगायत उद्दार गरिएका विविध जनावर रहेका छन्। विवाह , विदा मनाउंने गन्तव्य , योग, ध्यान ,जीवन रुपान्तरणको उत्तम स्थल बनएको सो पशुपति बौद्ध धाम आयुर्वेदिक उपचार ,प्राकृतिक चिकित्साको लागि समेत चर्चित बनेको तपोधामका व्यवस्थापक सुवर्णा बताउंनुहुन्छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज द्वारा सन्चालित सो तपोधाम तपस्या, अनुसन्धान र योग साधनाको आवसिय केन्द्र बनाउंन पहल गरिएको सो तपोधामका संस्थापक , अष्ट्रेलियाको प्रथम ‘नेपाली म्यारिज सेलेब्रेन्ट’ आचार्य राजन शर्मा बताउंनु हुन्छ ।
डोली, घोडा , मौलिकपन, जन्त जाने व्यवस्थाले अष्ट्रेलियामा रहेरै नेपाल पुगे सरह भएको तथा समुदयाले गौरव गर्ने एक गन्तव्य बढेको विवाहका साक्षि बनेका तिर्थे खतिवडा असनेपाल न्युजलाई बताउंनु हुन्छ । कानुनि विवाह दर्ता र परम्परागत प्रकृया एकै स्थानमा हुने भए पछि आफुहरुले सो स्थानलाई छनौट गरेको दुलाहा गौतम बताउं छन् । सो विवाहको फोटो भिडियो /निम्न रहेको छ :

















