अष्ट्रेलियाका मन्त्री देखि मेयर सम्मले लाईन बसेर टिका ग्रहणगर्दै दशैंको शुभ कामना

अष्ट्रेलियाका मन्त्री देखि मेयर सम्मले लाईन बसेर टिका ग्रहण गर्दै दिए दशैंको शुभ कामना
सुन्दर श्रेष्ठ , असनेपाल न्युज ।
अष्ट्रेलियाका एक मन्त्री ‘स्याडो मिनिस्टर फर पोलिस ‘पल टुले देखि बाथर्ष्ट काउन्सिल्का नगर प्रमुख जेस जेन्निङ्ग समेतले नेपाली गुरुको हात बाट दशैं टिका र आशिर्वाद ग्रहण गर्दै नेपालीहरुलाई दशैं पर्वको शुभकामना दिएका छ्न्। बाथरस्ट नेपाली समुदायको आयोजनामा  सम्म्पन्न दशैं कार्यक्रममा सो क्षेत्रकाका मन्त्री तथा नगर प्रमुख समेतले आफुहरु नेपाली समुदायको सन्स्कार र रिति-रिवाजको प्रसंशक रहेको भन्दै निदारमा रातो टिका लगाउंदै यो पर्वलाई उल्लासका साथ आफुहरु समेत सहभागी भएर मनाउंने बताएका  हुन्।
वाथस्ट आसपासको पशुपति बौद्द तपोधाम तथा विश्व शान्ति आश्रमका संस्थापक तथा योगी आचार्य राजन शर्मा गुरु ज्यु हात बाट टिका ग्रहण गर्दै उनिहरुले नेपाली सन्स्कारप्रति यस्तो सम्मान जनाएका हुन्।
नेपालीहरुले सहिष्णुताको विश्व उदाहरण दिन सक्ने बताउंदै योगी आचार्य राजन शर्माले सबैको आस्था र अस्तित्वलाई सम्मान दिंदै योग , साधना र मानव शान्तिको अभियान मार्फत नेपालीहरुले विश्वजगतलाई उदारताको ॠषि ज्ञान बाढ्न सक्नु पर्ने बताउंनु भयो ।
बाथस्ट नेपाली समुदायका प्रमुख प्रजेश खड्काले सो अवसरमा नेपाली समुदायको एकताका लागि र प्रवासमा नेपाली पनको पहिचानका लागि आफ्नो समितिले हरेक पर्व र परम्परलाई प्रवर्द्दन  गरिरहेको बताउंनु भयो ।
विभिन्न मौलिक गतिविधि , लोक नाच , देउसि ,दशैं टिका लगायतको प्रस्तुति रहेको सो अवसरमा ‘ओरेन्ज बोईज’ र विभिन्न कलाकारहरुको साङितिक कोसेलि समेत रहेको थियो। लेखक , कवि राजेश्वर घिमिरे , समुदायका अगुवा चन्द्र शेखर लगायत समुदायका विभिन्न व्यक्त्तिहरुले  आ-आफ्नो प्रस्तुति राख्नु भएको थियो ।
नवराज पराजुलिको कविता वाचन
सो अवसरमा लोकप्रिय कवि नवराज पराजुलिको कविता वाचन विशेष आकर्षण बनेको थियो । उनको कवितामा दर्शकहरु तालि र सम्वेदनामा भरिएका थिए ।
सो कार्यक्रम पश्चात कवि पराजुलि र समुदायले अष्ट्रेलियाको पहिलो नेपाली गौशाला , योग तथा आयुर्वेदशाला तथा नेपाली तपोस्थल ‘पशुपति बौद्द धामको अध्ययन अवलोकन दर्शन गर्नु भएको थियो । सो कार्यक्रममा वाथस्ट ,ओरेन्ज ,काउरा लगायतका नेपाली तथा अन्य समुदायको बाक्लो उपस्थिती थियो ।

दशैको पुर्व संघारमा आयोजित सो कार्यक्रममा विभिन्न योगदान कर्तालाई कदर पत्रले सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।अर्चना गौतम , राजेश बस्नेत ,विवेक रिजाल ,पारु भण्डारि तथा समुदयाका विभिन्न व्यक्तिहरुले सो अवसरमा स्वयं सेवा दिएका थिए भने सहभागी विभिन्न अतिथिहरुलाई समितिका पदाधिकारीले सम्मान सम्मान गरेका थिए ।

Photos:

May be an image of 8 people and text

 

 

 

 

सम्बन्धित शिर्षकहरु