नेपाल लाई गुरु देश बनाउंन कतारमा GSPSS को शाखा शुभारम्भ
असनेपाल न्युज । कतार ।
कतारको दोहामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज(GSPSS)को नयाँं शाखा विस्तार भएको छ । नेपाललाई गुरु देश तथा एक घर एक योगी बनाउंने अभियान अनुरुप विश्वभरि नै GSPSS ले आफ्नो ध्यान र योग प्रेमि विच सन्क्जाल विस्तार गरेको छ ।
“नविन चिन्तन, प्रेरणात्मक सत्संग ” सहृदयता अन्तरराष्ट्रियको आह्वानमा प्रवासी नेपाली एकता समाज (पानस) को प्रमुख आयोजनामा विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक अध्यक्ष योगाचार्य गुरु श्री राजन शर्मा ज्युको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । सत्संग सञ्चालक रमेश बाँस्तोला , प्रमुख वक्ता आचार्य राजन शर्मा जसले विश्वलाई शान्ति दिलाउने मार्ग नेपालबाट शुरुआत भएको योग विश्वव्यापी गर्दै विश्व गुरुराष्ट्र नेपाललाई बनाउने उद्देश्यको साथ कार्यक्रम सञ्चालन भएको थियो । सत्संगमा पानसका वर्तमान अध्यक्ष तिलक श्रेष्ठ ज्युले सभाध्यक्ष गर्नु भएको थियो । सत्संगमा सांगीतिक कोसेलि गायक रामजी पौडेल क्षेत्रीले प्रस्तुत गर्नु भएको थियो। सत्संगमा रूपक राज राउतले सहृदयता अन्तरर्राष्ट्रियको बारेमा र योगको भूमिका विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको बारेमा झपट बहादुर कुँवरले प्रकाश पार्नु भएको थियो । भने मनका कुरा पानसका प्रमुख सल्लाहकार सुरेन्द्र चन्द्र ज्यूले मन्तब्य राख्नु भएको थियो । कतारमा पनि विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) शाखाको पनि आचार्यश्रीको सानिध्यमा समिति गठन गरिएको छ। जसको उद्येश्य नेपाललाई विश्व सामु पुर्याउने योगको माध्यमबाट भन्ने नै हो ।
विश्वभर अन्य ४४ देशमा ध्यान योग प्रेमिको सन्जाल विस्तार गर्दै आएको सो समाजले नेपालका ७७ वटै जिल्ला र विश्वका अन्य देशमा नि:शुल्क अन्तर्रराष्ट्रिय योग शिक्षक , विभिन्न ध्यान साधना , आयुर्वेद, ग्रह गणना लगायतका विषय अध्यापन गर्दै आएको छ । विभिन्न विश्व विद्यालय र अष्ट्रेलियाली र अमेरिकन योग अलायन्स को मान्यता प्राप्त यी कोर्षहरुले स्वावलम्वन , आत्म कल्याण र देश तथा विश्व कल्याणमा योगदान दिंदै आएको छ ।









