जे जसरि आए , बदलिएर फर्किए- सिड्नीमा योग र उत्प्रेरणा

असनेपालन्युज ,सिड्नी । एउटा विशाल भीडले पछ्याएको कार्यक्रम हल । जहाँं हलको क्षमता भन्दा अत्यधिक बढि सहभागिहरु उपस्थित भए पछि
आयोजकहरुले प्रवेश द्वारबाटै आधाभन्दा बढिलाई फर्काउंनु पर्‍यो । “हल खचाखच भयो ,क्षमा चाहन्छौं , प्रत्यक्ष्य हैन अप्रत्यक्ष रुपमा फेसबुक लाईभ हेर्नुहोला ” द्वारबाटै आवाज आयो ।
सिड्नीको ,प्यासिफिक कलेज अवर्नको हलमा आयोजित योग , ध्यान र उत्प्रेरणा कार्यक्रमको आकर्षण थियो यो। जीवनलाई आशाले सजाउनु पर्छ , मानसिक चिन्ता आस्थायि हो ,होस पुर्वक बंच्ने कलाले जीवन सुन्दर बन्छ ।जोसँग सफल हुने आत्मविश्वास छ, उसैले सफलता प्राप्त गर्न सक्छ भन्दै शब्द शब्द बाट ओर्लिएका उर्जासिल उत्प्रेरणाले , ताली हासो , र उल्लास ले हल भरिएको थियो । सो हलमा प्रेरणात्मक वाणि र उपायोगी शब्द उर्जा र योग आसनका दिव्य प्रस्तुति दिंदै हुनुहुन्थ्यो – अन्तर्राष्ट्रिय योग गुरु आचार्य राजन शर्मा ।

खाने कसरि-सूर्यलाई घडि बनाएर , बांच्ने कसरि-सबै अस्थिर संसार हो सम्झिएर , रम्ने कसरि- ब्रम्हाण्डको उर्जा पिएर, भन्ने जस्ता योग का दुर्लभ आसन , मुद्रा , प्रणायाम र उत्प्रेरणाले सबैलाई स्तब्ध पारेको थियो , गुरु राजन शर्माको प्रस्तुतिमा । यसैमा थपिएको थियो संगीतिक माहोलका विच ध्यान , जसलाई ध्यान प्रवर्त्तक प्रकाश भट्टराईले । पब -पार्टीमा झुमेका युवा-युवतिहरु शिव र हरे-राम धुनमा नाचे, झुमे र सवासनको आनन्दमा शुन्यमा होस् पुर्वक डुबे ।भट्टराई ज्युको सुन्दर प्रस्तुतिले सबैलाई स्व-आनन्दमा पुराएको थियो ।
गैरआवसिय नेपाली संघ -एन आर एन ए,स्टुडेन्ट सपोर्ट कम्युनिटि,ले आयोजना गरेको सो मानसिक शान्ति लक्षित कार्यक्रममा समितिका संयोजक बद्रि बरुवाल क्षेत्रि आफुहरुलाई सोचेको भन्दा पनि धेरै सफलता मिलेको भन्दै विध्यार्थीवर्गको मानसिक स्वास्थ्य र जीवन प्रेरणा गराउंन यसको महत्वपूर्ण उर्जा मिलेको बताउंनु भयो ।

यस्तै सो समितिका तर्फबाट चिरन्जिवि तिवारी,अमृत शर्मा ,एनआरएनको तर्फ बाट देव गुरुङ , समुदायको तर्फबाट प्रदिप ढकालले यस्ता जीवन सुधारक उत्प्रेरणाले समुदायलाई नै लाभ पुर्याएको बताउंनु भयो । यस्तै सो अवसरमा योगी नरनाथ तथा आदित्य नाथ समितिको तर्फबाट पन्डित नारायण शाष्त्रि , कृष्ण ज्योतिष, संचारकर्मिको तर्फ बाट मदन कोईराला , संगित तर्फ रामहरि सुवेदि लगायतले जीवनमा योगको उपादेयता ,योग उत्पन्न भुमि नेपालको गरिमाका बारेमा चर्चा गर्नु भएको थियो । नेपाली विध्यार्थीमा समर्पित सो कार्यक्रममा जैविक र पौष्टिक भोजन र अमृतजलपान समेत गराईेको थियो ।
कार्यक्रममा योगी आचार्य राजन शर्मा ज्युले प्रस्तुत गर्नु भएका केहि उत्प्रेरणाका वाक्यांशहरु :

मन छुने लाइनहरू जसले सोचलाई बदल्ने ताकत राख्छन्।

  • जीवनलाई संभावना ले कुंदन सकिन्छ । मेहनतको अगाडि असफलता आँफैं शीर झुकाउंछ ।
  • केहि गरेर त हेर्नुहोस्, केहि सफलता अवश्य मिल्नेछ ।
  • न्युटनको चालको सिद्दान्त झैं आलस्य गरेर बसियो भने आलस्यमै जिन्दगी जानेछ , सकृय बनियो भने सकृयताले नै जीवन सजिने छ।
  • हरेक मान्छे महत्व पूर्ण हुन्छ , एउटा ढुङ्गाको त काम आउंछ भने तपाईं त मान्छे ,कहिल्यै कमजोर नसोच्नुस्।
  • सबैलाका लागि असल बन्न नसके पनि सबै संग असल ब्यवहार गर्न सिकौं । आफुले गरेको सत्कर्म कहिल्यै खेर जाने छैंन।
  • हामि कहिल्यै पूर्ण नहुन सक्छौं तर पूर्णता तर्फ भने अवश्य पाइला चाल्न सक्छौं ।
  • सबै चोट खानेहरु सफलहुदैनन् , सफल तिनै हुन्छन् जसले चोटखप्न जानेका हुन्छन् ।
  • राम्रा काम गर्नेहरू मरिसकेपछि पनि मानिसहरूको हृदयमा जीवित रहन्छन् । तर नराम्रा काम गर्नेहरू मर्नुभन्दा अगाडि नै मानिसहरूका आँखामा मरिसकेका हुन्छन् ।
  • शरीर सुन्दर हैन , मन सुन्दर बनाउने अभ्यास गरौं , अरूलाई देखाउन हैन आफ्नै लागि जीवन जिउं ।
  • जब सम्म पैसाले किन्न नसकिने वस्तुहरू आफुमा हुंदैनन्, तब सम्म जति सम्पत्ति भए पनि आफुलाई धनीको परिभाषामा नराखेको राम्रो ।
  • May be an image of 5 people, people studying and crowd
  • May be an image of ‎2 people, temple and ‎text that says '‎TITLE SPONSOR "-יי.. Pacific College of Technology Organizedb STUDENT SUPPORT COMMUNITY हार्दिक निमनत्रणा ध्यान, पेरणा र योग शिविर मिती 24 JUNE 2023 समय: 09:00 AM स्थान: LEVEL 1/91-95 RAWSON ST, AUBURN NSW 2144 NRNA SUPPORTED BY: ANC ETC EXPERT TELECOM Om TELECOM STUDENT ViBes INNOVATIE DIGITAL PARTNER ACCOUNTANTS ANDADVISORS Badri Baruwal Chhettri 1488 216 FOR MORE INFO ACCOUNTIN NER Chiran Tiwari +61 417 Amrit Sharma +61 213‎'‎‎
  • May be an image of 5 people and text

सम्बन्धित शिर्षकहरु