काठमाण्डौ, असनेपाल न्युज ।
लामो समयदेखी सकारात्मक समाचार बन्न नसकेको रास्ट्रीय ध्वजाबाहक नेपाल एअरलायन्सले एउटा नया शुभ समाचार बनाउन सफल भएको छ । राष्ट्रीय ध्वजाबाहक नेपाल एअरलायन्सले अष्ट्रेलियाको मुख्य शहर सिड्निमा उडान भर्ने एक विशेष अनुमती पाएको छ । त्यो उडान मार्फत बिभिन्न तवरले अष्ट्रेलियामा हप्ताको दुईपटक उडान भर्नको लागी सो ईजाजत प्राप्त गरेको उल्लेख गरिएको छ ।
एअरलायन्सका पदाधिकारी तथा यस सम्बन्धी टिकट बिक्री गर्ने बिभिन्न एजेन्सीहरुले आ-आफ्नो तवरले तयारिमा लाग्न लागेको ईबियन थ्रस्टले बताएको छ । नेपाल एअरलायन्सले हप्ताको दुई दिन काठमाण्डौबाट सिधा सिड्नी उडान गर्ने वा सिङापुरमा ट्रान्जिट हुदै गर्ने भन्ने बारेमा भने अझै निष्कर्ष निस्कि नसकेको र यो समाचार अझै प्रस्ट हुन बाकी रहेको सिड्निमा ट्राभल एजेन्सी सन्चालन गरेर बसिरहेका एक नेपाली सुरज असनेपाल न्युजलाई बताउनुहुन्छ ।
यसो त राष्ट्रीय ध्वजाबाहक नेपाल एअरलायन्सले विश्वका बिभिन्न ठुला शहरहरुमा उडान भर्नको लागी लामो समयदेखी प्रयास थालेको थियो । जुन प्रयास स्वरुप जापान सम्भव बन्यो र अहिले अष्ट्रेलियाको सिड्नी पनि सम्भव बन्दैछ । यसका लागी ठुलो जहाज अर्थात वायट बडिलाई प्रयोगमा ल्याउन सकिने उनिहरुले जनाएका छन । यसका लागी आवश्यक कागजपत्र नेपालका तर्फबाट अस्ट्रेलियाली नागरिक उड्डयन बिभागमा पेश गरिएको र यस सम्बन्धी सम्झौता भ ई सकेको जनाईएको छ ।
दुई लाख भन्दा बढी नेपालीहरु बसोबास गरिरहेको अष्ट्रेलियामा यसरी सिधै नेपालबाट उडान भर्दा नेपालीहरुको सहजता मात्रै नभएर रास्ट्रको आम्दानिमा समेत वृद्धी हुन सक्ने बताईएको छ । वायुसेवा निगमको नियमित उडानले अष्ट्रेलिया र नेपालको दुरिलाई पनि घटाउन सक्ने अर्थात तत्काल अहिले वर्तमानमा चलिरहेको उडानको अवधी पनि कम हुन सक्ने कुरामा धेरै आशावादी बनेका छन ।
राष्ट्रीय ध्वजाबाहक नेपाल एअरलायन्सको यो समाचार अहिले अष्ट्रेलियाबासी नेपाली मात्रै नभएर सम्पूर्ण नेपालीहरुका लागी शुभ खबर बनेको छ । अष्ट्रेलिया निवासी गैर आवासीय नेपाली सघ एन. आर. एन. का तर्फबाट नन्द गुरुङ भन्नुहुन्छ: “यो सेवा नियमित हुन सकेमा हाम्रा लागी राष्ट्रको शान नै बढे सरह हुनेछ ।” धन्यवाद ।








