कैलाशराज पोखरेल अस्ट्रेलियाको राजदूत नियुक्त

काठमाडौं । अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु