१०५ बर्षकी भाैमकुमारी दाहाल र १०१ वर्षकी गंगा लक्ष्मी भेटवालले गरिन मतदान

काठमाडौ- काठमाडौँ महानगरपालिका वडा नं ५ कालाेपुलकी १ सय ५ वर्षीय भौमकुमारी दाहालले आज विहान सानो गौचरन स्थित मतदान केन्द्रमा मत खसालेकी छन्। बुहारी मन्जु दाहालको सहायतामा भाैमकुमारी दाहाल मतदान केन्द्रसम्म आईपुगेकी थिइन । ओखलढुंगा कोलचौरमी जन्मेकी दाहालले  मत खसाल्दा सधै खुसी मिल्ने सुनाइन्। पहेला धोती र चोलोमा सजिएर भौमकुमारी मतदान केन्द्रमा आउँदा सबै रमाएका थिए। भौमकुमारि दाहाल सँगै  १ सय १ वर्षकी वर्षकी गंगा लक्ष्मी भेटवालले पनि मत खसालिन्। सय कटेका उनीहरुसंग धेरै ब्यक्तिहरुले भेटघाट गरी जेष्ठ नागरिकबाट आशीर्वाद समेत लिए । १०५ बर्षकी भाैमकुमारी दाहाल र १०१ बर्षकी गंगालक्ष्मी भेटवालले आफ्नो अमुल्य मत खसाले पश्चात् उनिहरुसँग कयौं ब्यक्तिहरुले सेल्फि समेत खिचाए ।

सम्बन्धित शिर्षकहरु