एजेन्सी, रियो दि जेनेरियो । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद जारी छ । रियो ओलम्पिकअन्तर्गत सोमबार पनि बिभिन्न खेलको प्रतिस्पर्धा हुँदैछ ।
ब्राजिलमा जारी ओलम्पिकमा हालसम्म १ सय ६२ स्वर्णको छिनोफानो भइसकेको छ । हालसम्म विभिन्न ४६ देश र एक स्वतन्त्र खेलाडीले विभिन्न खेलमा स्वर्ण पदक जितिसकेका छन । तर, हालसम्म कुल ६७ देशले ओलम्पिकमा पदक हात परेका छन् ।
रियो ओलम्पिकको पदक तालिकामा हालसम्म २६ स्वर्ण, २१ रजत र २२ कास्य गरी कुल ६९ पदक जितेको अमेरिकाले शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेन १५ स्वर्ण, १६ रजत र ७ कास्य गरि कुल ३८ पदक जित्दै अमेरिकालाई पछ्याईरहेको छ । १५ स्वर्ण, १३ रजत र १७ कास्य पदकसहित कुल ४५ पदकसहित चीन तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको रुसले ९ स्वर्ण ११ रजत र १० कास्यगरि २० पदक जितेको छ । पाँचौं स्थानमा रहेको जर्मनीले ८ स्वर्ण, ५ रजत र ४ कास्यगरि १७ पदक जितेको छ ।
त्यस्तै छैटौ स्थानमा रहेको फ्रान्सले ७ स्वर्ण, ८ रजत र ७ कास्य गरी २२ पदक जितेको छ । ७ स्वर्ण, ८ रजत र ६ कास्यगरि २१ पदक जितेको इटाली सातौ स्थानमा छ भने जापानले ७ स्वर्ण ४ रजत र १५ कास्यगरि २६ पदक जित्दै आठौ स्थानमा छ । यस्तै नवौ स्थानको अष्ट्रेलियाले ६ स्वर्ण, ७ रजत र ९ कास्यसहित २२ पदक जितेको छ । दशौ नको दक्षिण कोरियाले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी १४ पदक जितेको छ ।
त्यस्तै हालसम्म, स्पेन, हंगेरी, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, क्यानडा, काजकिस्तान, बेल्जियम, थाइल्याण्ड, क्रोयसिया, स्विजरल्याण्ड, इरान, स्विडेन, डेनमार्क, चाइनिज ताइपेइ, अर्जे्िन्टना, कोशोभो, ब्राजिल, सिंगापुर, चेक रिपब्लिक, जमैका, इथोपिया, पिर्टो रिको, फिजी,कोलम्बिया, रोमानिया, पोल्यान्ड, बेलारुस, उत्तर कोरिया, ग्रिस, स्लोभेनिया, क्युबा र भिएतनामले पनि स्वर्ण पदक जितिसकेका छन् ।








